माओवादीप्रति आकर्षणको लहर सुरु भएको छ : प्रचण्ड « Khabarhub

माओवादीप्रति आकर्षणको लहर सुरु भएको छ : प्रचण्ड


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बागमती– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति आकर्षणको लहर सुरु भएकाले यसलाई संस्थागत गर्नुपर्ने बताएका छन्। 

मकवानपुरको बागमती गाउँपालिकामा आज स्थानीय नेता कार्यकर्तासँग भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले आफ्नो पार्टीप्रति जनतामा आकर्षण सुरु हुँदै गएकाले यसलाई संस्थागत गर्दै अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए। 

उनले भने, ‘जनताको आशा र विश्वासमा कमी आउन नदिने गरी तपाईँहरूले योजना र कार्यक्रम बनाएर अघि बढ्नुस् ।’

पार्टीका लागि आएको यो महत्वपूर्ण अवसर भएकाले जनता केन्द्रित भएर आगामी दिनमा योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा उनले जोड दिए। उनले जितेका पालिका र वडामा मत बढाउने तथा नजितेकामा जीत हात पार्ने गरी अघि बढ्न सबैलाई निर्देशन दिए । 

माओवादीले नेतृत्व गरेका पालिकाले उत्कृष्ट स्थान हासिल गर्दै गएको उल्लेख गर्दै अध्यक्ष दाहालले पार्टीले नेतृत्व गरेका सबै पालिकालाई नमूना बनाउने गरी पार्टीको केन्द्रीय सङ्गठनले योजना अघि सारेको बताए। उनले आजै मकवानपुरका सहिद परिवारसँग पनि भेटघाट गरेका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ५ : २६ बजे

उपराष्ट्रपति यादवसँग कतारका राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल

‘जनतालाई उठिबास गर्न बन्द गर’ भन्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– भूमि अधिकार संरक्षण समितिले ‘जनतालाई उठिबास गर्न बन्द गर’

श्रीलंकामा विपद् प्रभावित बालबालिकाका लागि विशेष कार्यक्रमको घोषणा

एजेन्सी– श्रीलंकाको महिला तथा बालबालिका मन्त्रालयले विकासकारी चक्रवातले निम्त्याएको बाढी

सहमति नभए स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुन्छ : सचिव अर्याल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव पद्मा अर्यालले पार्टीको

तस्बिरमा हेर्नुहोस्, काठमाडौं र लुम्बिनीको प्रतिस्पर्धा

काठमाडौं– नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार जारी