पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक विल्सन चेरुईयोटलाई « Khabarhub

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक विल्सन चेरुईयोटलाई


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १९औं संस्करणको उपाधि केन्याली धावक विल्सन चेरुईयोटले जितेका छन् । उनले ४२.२९५ किलोमिटरको दूरी २ घण्टा १७ मिनेट २१ सेकेन्डमा पूरा गर्दै पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

दोस्रो स्थानमा केन्याली धावक जुलियस मुरियुकी रहे, जसले २ घण्टा १७ मिनेट २३ सेकेन्डमा दूरी पूरा गरे । उनले नगद ३ लाख रुपैयाँ जिते । तेस्रो स्थानमा केन्याली धावक ओनेसमस गिटायु रहे, जसले २ घण्टा १८ मिनेट ४८ सेकेन्डमा दौड पूरा गर्दै २ लाख रुपैयाँ प्राप्त गरे । नेपालका किरणसिंह बोगटीले २ घण्टा ३८ मिनेट १७ सेकेन्डमा दूरी पूरा गर्दै सान्त्वना पुरस्कार स्वरूप ३० हजार रुपैयाँ प्राप्त गरे ।

यस वर्षदेखि आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले गण्डकी प्रदेशका धावकका लागि छुट्टै पुरस्कारको व्यवस्था गरेको थियो । यसअनुसार निरोज भट्ट क्षेत्री गण्डकी प्रदेशतर्फ पहिलो भए भने रिखुलाल सिंजालीमगर दोस्रो र दिनेशसिंह बोगटी तेस्रो भए । उनीहरू क्रमशः पोखरा म्याराथनको समग्र नतिजामा पाँचौँ, छैटौँ र सातौँ स्थानमा रहे ।

पुरुषतर्फको हाफ म्याराथनमा सन्तोषविक्रम विष्टले २१.०९७ किलोमिटरको दूरी १ घण्टा ९ मिनेट ७ सेकेन्डमा पूरा गर्दै उपाधि जिते । गजेन्द्र राई दोस्रो स्थानमा रहे भने इमानियोल किप्टारबेई तेस्रो भए ।

महिलातर्फ सन्तोषी श्रेष्ठ पहिलो भइन् । उनले निर्धारित दूरी १ घण्टा २० मिनेट ३ सेकेन्डमा पूरा गरिन् । स्यारोन जनोटिक दोस्रो स्थानमा रहिन् भने पुष्पा भण्डारी तेस्रो भइन् ।

पोखरा रंगशालाबाट बिहान सुरु भएको म्याराथनको उद्घाटन उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गरेका थिए । प्रतिस्पर्धात्मक दौडमा ३ हजारभन्दा बढी धावक सहभागी भए भने रन फर फनमा १० हजारभन्दा बढीले दौडिए ।

दौड पोखरा महानगरका विभिन्न भाग परिक्रमा गर्दै पोखरा-६ लेकसाइडस्थित हल्लनचोकमा पुगेर समापन गरिएको थियो । हल्लनचोकमै विजयी खेलाडीलाई पुरस्कार वितरण गरियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ६ : २८ बजे

दोस्रो क्वालिफायर खेल्न काठमाडौंले लुम्बिनीलाई दियो १११ रनको सहज लक्ष्य

काठमाडौं – नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार

उपराष्ट्रपति यादवसँग कतारका राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल

‘जनतालाई उठिबास गर्न बन्द गर’ भन्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– भूमि अधिकार संरक्षण समितिले ‘जनतालाई उठिबास गर्न बन्द गर’

श्रीलंकामा विपद् प्रभावित बालबालिकाका लागि विशेष कार्यक्रमको घोषणा

एजेन्सी– श्रीलंकाको महिला तथा बालबालिका मन्त्रालयले विकासकारी चक्रवातले निम्त्याएको बाढी

सहमति नभए स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुन्छ : सचिव अर्याल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव पद्मा अर्यालले पार्टीको