सुदूरपश्चिममा संसदीय समितिका चारै जना सभापति निर्विरोध « Khabarhub

सुदूरपश्चिममा संसदीय समितिका चारै जना सभापति निर्विरोध


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशका चार वटा संसदीय समितिको सभापति निर्विरोध भएका छन् । चार वटा समितिको सभापतिका लागि एक एक जनाले मात्रै उम्मेदवारी दिएपछि निर्विरोध निर्वाचित भएका हुन् । 

आधिकारिक घोषणा भने आइतबार मात्रै हुने प्रदेशसभा सचिवालयले जनाएको छ । लामो समय ज्येष्ठ सदस्यको भरमा रहेका सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, र अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा एक एक जनाको उम्मेदवारी परेको हो । त्यस्तै नयाँ गठन गरिएको विशेषाधिकार समितिमा पनि एक जनाको मात्रै उम्मेदवारी दर्ता गरेका छन् । 

निर्विरोध हुनेमा सामाजिक विकास समितिमा नेकपा एमालेका धर्मराज पाठक, सार्वजनिक लेखा समितिमा माओवादीका अक्कल रावल, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र विशेषाधिकार समितिमा कांग्रसेकी तुलसी देवकोटाको उम्मेदवारी परेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।

पुस ११ मा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच विषयगत समितिको सभापतिमा भागबन्डा भएको थियो । उक्त भागबन्डाका आधारमा नागरिक उन्मुक्ति पार्टीले अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सार्वजनिक लेखा समिति पाउने सहमति भएको थियो । 

विशेषाधिकार समिति कांग्रेसको भागमा परेको थियो । आज सोही सहमतिअनुसार कांग्रेस, एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दर्ता गरेका हुन् । आइतबार बिहान १० देखि ११ बजेसम्म प्रस्तावित सभापतिको उम्मेदवारविरुद्ध दाबी विरोधको कार्यसूची रहेको छ । 

१२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर १ बजे सभापतिको निर्वाचनको लागि सम्बन्धित समितिको बैठक प्रारम्भ गर्ने र निर्वाचन परिणाम घोषणा गर्ने तालिका प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको थियो ।

सुदूरपश्चिम प्रदेशका सबै संसदीय समितिमा यसअघि नै निर्वाचन भएर सभापति चयन भइसकेको थियो, तर विधायन तथा प्रदेश मामिला समितिबाहेकका तीन समितिका सभापतिलाई नै मन्त्री भएपछि ती समिति ज्येष्ठ सदस्यको भरमा चलिरहेका थिए । विधायन तथा प्रदेश मामिला समितिमा भने देवानसिंह विष्ट सभापति छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ६ : ५५ बजे

उपराष्ट्रपति यादवसँग कतारका राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल

‘जनतालाई उठिबास गर्न बन्द गर’ भन्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– भूमि अधिकार संरक्षण समितिले ‘जनतालाई उठिबास गर्न बन्द गर’

श्रीलंकामा विपद् प्रभावित बालबालिकाका लागि विशेष कार्यक्रमको घोषणा

एजेन्सी– श्रीलंकाको महिला तथा बालबालिका मन्त्रालयले विकासकारी चक्रवातले निम्त्याएको बाढी

सहमति नभए स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुन्छ : सचिव अर्याल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव पद्मा अर्यालले पार्टीको

तस्बिरमा हेर्नुहोस्, काठमाडौं र लुम्बिनीको प्रतिस्पर्धा

काठमाडौं– नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार जारी