‘सूचना अभियन्ताले आफ्नो मर्यादा कायम राख्नुपर्छ’ « Khabarhub

‘सूचना अभियन्ताले आफ्नो मर्यादा कायम राख्नुपर्छ’


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

मनहरी– राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा सुरेशप्रसाद आचार्यले सूचना अभियन्ताले आफ्नो मर्यादा कायम राख्नुपर्ने बताएका छन् । 

सूचनाको हकका  लागि राष्ट्रिय महासङ्घले शनिबार हेटौँडामा आयोजना गरेको सूचनाको हकको व्यवहारिक कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा उनले आफू, आम नागरिक र  समाजलाई सुसूचित गर्न मर्यादित रूपमा सूचनाको माग र प्रयोग हुनुपर्ने बताए । 

‘सूचनाको वर्गीकरण हुन्छ, दिने वा नदिने खालका सूचना छुट्टाएर गोपनियता कायम गरी मागकर्तालाई सूचना उपलब्ध गराइनुपर्छ’, उनले भने ,’सूचना मागको प्रयोजन केका लागि हो, त्यो खुल्नुपर्छ । मागकर्ताले माग गरेका सबै सूचना नपाइने पनि हुन सक्छन् ।’

पछिल्लो समय सूचना माग्ने नाममा भइरहेका गलत नियत र विकृतिलाई निरूपण गर्न आयोग थप सक्रिय रूपमा लागिरहेको आचार्यले बताए ।

‘पत्रकारको नाममा सूचना माग्दै बाग्रेनिङ गर्ने प्रवृत्ति पनि छ । जिल्लामा बदनाम भएका व्यक्ति अभियन्ताको नाममा सम्मान लिँदै गर्दा विगतमा आयोगप्रति प्रश्न उठेको थियो । अब त्यस्तो  हुँदैन । हामी तीनै जना सञ्चारक्षेत्रबाट आएका छौँ, पत्रकारले के का लागि सूचना माग्ने हो हामीलाई राम्रोसँग थाहा छ’, उनले भने । 

महासङ्घका अध्यक्ष उमिदप्रसाद बागचन्दको अध्यक्षतामा भएको कार्यक्रममा ४० भन्दा बढी जिल्लाका सूचना अभियानकर्मी तथा महासङ्घका प्रतिनिधिको सहभागिता रहेको थियो । 

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ७ : ४१ बजे

पहिचान पक्षधर चार पार्टीबीच एकता

बनियानी– पहिचान पक्षधर चार वटा राजनीतिक पार्टीबीच आज एकता भएको

स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक जना पक्राउ

सिरहा– यहाँको बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले स्रोत नखुलेको नगदसहित एक जनालाई

जेन-जी र सरकारबीच १० बुँदे सम्झौतामा हस्ताक्षर (दस्तावेजसहित)

काठमाडौं- जेन-जी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकारबीच बुधबार सम्झौता पत्रमा

सरकार र जेन-जीबीच सम्झौता पत्रमा हस्ताक्षर हुँदै, आन्दोलनकारीमाथि धरपकड नगरिने

काठमाडौं- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र जेन-जी आन्दोलनकारीहरूबीच तीन