संसद्‍मा राप्रपाको जिकिर- जनता जागिसके, अब राजासहितको प्रजातन्त्र घोषणा गरौँ « Khabarhub

संसद्‍मा राप्रपाको जिकिर- जनता जागिसके, अब राजासहितको प्रजातन्त्र घोषणा गरौँ


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाललाई धर्मनिरपेक्ष राज्य बनाउन अमेरिकासहितले चलखेल र लगानी गरेको जिकिर गरेको छ।

आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै राप्रपा सांसद एवम् महामन्त्री धवल शमशेर राणाले नेपालमा ९४ प्रतिशर ओमकार समुदाय हुँदा पनि विदेशीको आडमा धर्मरिपेक्ष राज्य बनाइएको आरोप लगाएका छन् ।

महामन्त्री राणाले नेपाली जनता जागेका दिन यो संसद्लाई अफ्ठ्यारो पर्ने भएकाले बेलामै निर्णय सच्याउन भनेका छन् ।

नेपालमा धर्म परिवर्तन गराउन अमेरिकाले करोडौँ डलर खर्च गरेको घटनामा अमेरिकी दूतावासलाई कूटनीतिक नोट पठाउन पनि उनले सरकारसँग माग गरेका छन् ।

‘म विनम्रतापूर्वक अनुरोध गर्न चाहान्छु, ९४ प्रतिशत ओमकार परिवार बस्ने राष्ट्रका नागरिकलाई यो कुरा चित्त बुझेको छैन’, उनले भने, ‘यो राज्यलाई धर्मसापेक्ष नेपाल अर्थात् राजासहितको प्रजातन्त्रमा परिणत गर्न यो सभासँग आग्रह गर्न चाहान्छौँ । जनता जागिसकेका छन् । यो कुरामा अब नेपाली जनता चुप बस्ने स्थिति छैन । भोलि आन्दोलन हुन्छ। त्यसैले उल्ट्याउँछ ।’

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १ : ४५ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज