वर्षमानलाई प्रधानमन्त्रीको जवाफ- तपाईं अर्थमन्त्री हुँदाको भन्दा अहिले अर्थतन्त्र राम्रो छ « Khabarhub

वर्षमानलाई प्रधानमन्त्रीको जवाफ- तपाईं अर्थमन्त्री हुँदाको भन्दा अहिले अर्थतन्त्र राम्रो छ


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्रमा सुस्तता रहेको स्वीकारेका छन् । आइतबार संसद् बैठकमा सांसदहरूसँग सवाल-जवाफका क्रममा ओलीले यस्तो बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले दुईतिहाइको सरकार हुँदा पनि अझै अर्थतन्त्रमा सुस्तता रहेको र पुँजीगत खर्च नभएको प्रश्न उठाएपछि प्रधामन्त्रीबाट यस्तो जवाफ आएको हो ।

‘देशको अर्थतन्त्रबारे चिन्ता गर्नु भएकोमा यसअघिका अर्थमन्त्री समेत रहनु भएका प्रश्नकर्ता माननीयलाई धन्यवाद’, उनले भने, ‘७ महिनाअगाडि तपाईं आफैँ अर्थमन्त्री हुनुहुन्थ्यो। त्यस समयभन्दा अगाडि र त्यसयताको मूल्य वृद्धिको अनुपात हेर्न म उहाँलाई अनुरोध गर्दछु । हामीले अब आँकडामा प्रश्नोत्तर गर्ने, त्यसको तुलना गर्ने बानी बसाल्नु पर्छ।’

उनले पुँजीगत खर्च कम भइरहेको अवस्थातर्फ जवाफ दिँदै पुन अर्थमन्त्री हुँदाभन्दा धेरै रहेको जिकिर गरे ।

‘तपाईंको अर्का प्रश्न छ– पुँजीगत खर्च भइरहेको छैन। हो, हाम्रो पुँजीगत खर्च कम छ। तर माननीयज्यू अर्थमन्त्री भएको अवधिको तुलनामा भने बढी छ। यसै अवधिको तुलनामा चालु आर्थिक वर्षको ६ महिनाको पूँजीगत खर्च १५ प्रतिशतले बृद्धि भएको छ’, उनले भने ।

उनले नेपालको अर्थतन्त्रमा एकै दिनमा समस्या नआएको बताएका छन् । ‘हाम्रो अर्थतन्त्रमा सुस्तता एकै दिनमा आएको होइन । सुस्तता एकै दिनमा हट्ने पनि होइन। हामी सरकारमा आएपछि अर्थतन्त्र सुधारका लागि गम्भीर रुपमा काम गरिरहेका छौँ ।सुधारका केही नतिजाहरू पनि देखिएका छन्’, उनले भने ।

अर्थतन्त्र सुस्त हुनुमा अघिल्लो सरकार पनि दोषी रहेको उनले बताए । ‘असारमा धान नरोपेपछि नै हो मंसीरमा धान नफल्ने। अघिल्लो सरकारका नीति, खर्चका प्राथमिकतालाई अलग्गै राखेर अहिले अर्थतन्त्र सुध्रेन भन्नु राम्रो हुँदैन’, उनले भने, ‘तर, अहिले हामी कानुनमा भएका अप्ठ्यारालाई हटाएर अर्थतन्त्र सुधार्ने, लगानीको वातावरण बनाउने र उत्पादन बढाउने काम गरिरहेका छौं।’

उनले देशको सार्वभौम साख मूल्याङ्कन बीबी माइनस आएको बताउँदै अन्तर्राष्ट्रिय जगतले नेपाललाई लगानीयोग्य, सुरक्षित देशको रूपमा हेर्न थालेको जिकिर गरे ।

‘कर तथा भन्सार प्रणालीलाई डिजिटल बनाउँदै, महसुल भुक्तानी सहज पारिएको छ। नेपाल राष्ट्र बैंकले ब्याजदरलाई घटाउने नीति ल्याएपछि बैंकहरूको ब्याजदर एकल अंकमा झरिसकेको छ। अब उद्योग, व्यापार, र स्टार्टअपहरूका लागि राम्रो अवसर छ’, उनले भने ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  २ : ५३ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को