इजरायली हवाई आक्रमणबाट गाजामा तीन प्रहरी अधिकारीको मृत्यु « Khabarhub

इजरायली हवाई आक्रमणबाट गाजामा तीन प्रहरी अधिकारीको मृत्यु


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– गाजा पट्टीमा आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा तीन प्रहरी अधिकारीको मृत्यु भएको प्यालेस्टिनी स्रोतले जनाएको छ ।

इजरायली सेनाका प्रवक्ताले दक्षिणी गाजामा ड्रोनद्वारा गरिएको आक्रमणले सशस्त्र व्यक्तिहरूलाई निशाना बनाएको एक विज्ञप्तिमार्फत जनाएको छ ।

प्यालेस्टाइनको आन्तरिक तथा राष्ट्रिय सुरक्षा मन्त्रालयले रफाहको पूर्वमा अल–शौका क्षेत्रमा मानवीय सहायता पुर्‍याउने क्रममा अधिकारीहरूमाथि आक्रमण भएको एक विज्ञप्तिमा उल्लेख गरेको छ । 

मन्त्रालयले आक्रमणको निन्दा गरेको छ । साथै, अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूलाई इजरायललाई पुलिस बलहरूमा आक्रमण रोक्न दबाब दिन आग्रह गरेको छ । 

जनवरी १९ मा लागू भएको हमाससँगको युद्धविरामको बाबजुद इजरायलले गाजामा धेरै हवाई आक्रमण गरिरहेको छ ।
 

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ७ : १० बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित