जेलेन्स्कीलाई नबोलाई रुस-युक्रेन युद्धबारे वार्ता गर्दै ट्रम्प र पुटिन « Khabarhub

जेलेन्स्कीलाई नबोलाई रुस-युक्रेन युद्धबारे वार्ता गर्दै ट्रम्प र पुटिन


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – रुस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि हुन लागेको वार्तामा युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई नबोलाइने भएको छ।

रुस र अमेरिकाले गर्न लागेको वार्तामा युक्रेनलाई नबोलाइएको हो। यसअघि नै युक्रेनमा लागि अमेरिकी दूत केइथ केलोगले युक्रेनलाई सहभागी गराइने बताए पनि साउदी अरेबियामा हुने वार्तामा युक्रेनी प्रतिनिधित्व नरहने बिबिसीले जनाएको छ।

सो वार्तामा युरोपेली नेतालाई पनि बोलाइएको छैन। उनीहरु सोमबार फ्रान्सले आयोजना गरेको पेरिस सम्मेलनमा सहभागी हुनेछन्। अमेरिकाले रुस र युक्रेन युद्धलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरेपछि अहिले भिन्नाभिन्नै वार्ता हुन लागेका हुन्।

अमेरिकाका मध्यपूर्व दूत स्टिभ विटकोफ आइतबार नै साउदी अरेबिया गएका छन्। रुसी प्रतिनिधिमण्डलसँगको वार्ताका लागि अमेरिकी विदेश मन्त्री मार्क रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज सहभागी हुनेछन्।

गत बुधवार युद्ध अन्त्यका लागि रुस र अमेरिकाको बिचमा फोन वार्ता भएपछि यो घटनाक्रम अघि बढेको हो। यसपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने आफ्नो अनुपस्थितिमा भएको वार्ताका निर्णय मान्न बाध्य नभएको बताएका छन्। यस बिचमा अमेरिकाले युक्रेनलाई नाटोको सदस्यता दिन अव्यवहारिक भएको समेत बताइसकेको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ५ : ४६ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको