सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ। यूरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ।

अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ६२ पैसा र बिक्रीदर एक सय ३९ रुपियाँ २२ पैसा, युरोपियन युरो एकको खरिदर एक सय ४५ रुपियाँ ४५ पैसा र बिक्रीदर एक सय ४६ रुपियाँ ०८ पैसा निर्धारण गरिएको छ। त्यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपियाँ ४७ पैसा र बिक्रीदर एक सय ७५ रुपियाँ २३ पैसा कायम गरिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपियाँ १२ पैसा र बिक्रीदर एक सय ५४ रुपियाँ ७८ पैसा तय गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ०५ पैसा र बिक्रीदर ८८ रुपियाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ७३ पैसा र बिक्रीदर ९८ रुपियाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपियाँ ४९ पैसा र बिक्रीदर एक सय तीन रुपियाँ ९३ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ १० पैसा र बिक्रीदर नौ रुपियाँ १४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ११ पैसा र बिक्रीदर १९ रुपियाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ९६ पैसा र बिक्रीदर ३७ रुपियाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ दुई पैसा र बिक्रीदर ३८ रुपियाँ १९ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १२ पैसा र बिक्रीदर चार रुपियाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ७४ पैसा र बिक्रीदर ३७ रुपियाँ ९० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ २६ पैसा र बिक्री दर ३१ रुपियाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६२ पैसा र बिक्रीदर नौ रुपियाँ ६६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ९६ पैसा र बिक्रीदर १३ रुपियाँ दुई पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ४९ पैसा र बिक्री दर १९ रुपियाँ ५८ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८१ पैसा र बिक्रीदर १७ रुपियाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४९ रुपियाँ १९ पैसा र बिक्रीदर चार सय ५१ रुपियाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६७ रुपियाँ ७८ पैसा र बिक्रीदर तीन सय ६९ रुपियाँ ३७ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६० रुपियाँ ०४ पैसा र बिक्रीदर तीन सय ६१ रुपियाँ ६० पैसा निर्धारण भएको छ।

त्यसैगरी भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ६ : ०१ बजे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको