सांसद शाहीको भनाइबारे रघु पन्त-राष्ट्रिय सभाले खेद प्रस्ताव पास गर्नु राम्रो होइन « Khabarhub

सांसद शाहीको भनाइबारे रघु पन्त-राष्ट्रिय सभाले खेद प्रस्ताव पास गर्नु राम्रो होइन


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


870
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- सत्तारढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रतिनिधि सभाका सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित गरिनु दुःखद् भएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यसरी दुई सदनबीच द्वन्द्वको वातावरण बनाउन नहुने बताएका छन् ।

प्रतिनिधि सभाका सदस्य ज्ञानबहादुर शाहीको अभिव्यक्तिलाई लिएर आइतबार राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको थियो ।

सांसद शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रामको संज्ञा दिएपछि विरोध भएको थियो ।

‘प्रतिनिधि सभाका एकजना माननीय सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको छ । त्यो आफैँमा दुःखद् हो’, उनले भने, ‘हामी यसबाट पाठ सिकौँ, कसै व्यक्तिलाई दोष नदिऊँ । दुवै सदनको काममा द्वन्द्व उत्पन्न हुने गतिविधि नगरौं ।’

के भनेका थिए शाहीले ?

सांसद शाहीले आइतबार राष्ट्रिय सभालाई वृद्धाश्रमको संज्ञा दिएका थिए । उनले चुनाव हारेका, हरुवा-चरुवाको भर्ती केन्द्र राष्ट्रिय सभा बनाएपछि त्यसरी बोल्नुपरेको बताए ।

‘हामीले हरुवा-चरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू?’, उनले भने, ‘मेराविरुद्ध खेद प्रस्ताव पारित गर्नुभन्दा जनतामा गएर चुनाव जितेर आउनुस् । हरुवा-चरुवा वृद्राश्रममा जाने बाजे-बज्यैलाई घरमा गएर नाति-नातिना खेलाएर बस्न भन्नुस्। तर राष्ट्रिय सभालाई हामी युवा र राष्ट्रको भविष्य बर्बाद गर्ने थलो नबनाउनुस्।’

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १ : ४४ बजे

सिरी ‘ए’ विपक्षीको पोस्टमा जेमी भार्डीको दुई गोल

काठमाडौं – सोमबार राति भएको इटालीको सिरी ‘ए’मा क्रेमान्सेले बोलोग्नालाई

लैङ्गिक हिंसा र विद्युतीय अपराध नियन्त्रणका लागि अभियान सुरु

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले लैङ्गिक हिंसा र विद्युतीय अपराध (साइबर

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिए

डडेल्धुरा– डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिएका छन् ।

वर्तमान कांग्रेस कार्यसमतिको म्याद दुई महिना थप

ललितपुर – यही मङ्सिरको २३ गते म्याद सकिन लागेको पार्टीको