सांसद शाहीको भनाइबारे रघु पन्त-राष्ट्रिय सभाले खेद प्रस्ताव पास गर्नु राम्रो होइन « Khabarhub

सांसद शाहीको भनाइबारे रघु पन्त-राष्ट्रिय सभाले खेद प्रस्ताव पास गर्नु राम्रो होइन


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


870
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- सत्तारढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रतिनिधि सभाका सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित गरिनु दुःखद् भएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यसरी दुई सदनबीच द्वन्द्वको वातावरण बनाउन नहुने बताएका छन् ।

प्रतिनिधि सभाका सदस्य ज्ञानबहादुर शाहीको अभिव्यक्तिलाई लिएर आइतबार राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको थियो ।

सांसद शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रामको संज्ञा दिएपछि विरोध भएको थियो ।

‘प्रतिनिधि सभाका एकजना माननीय सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको छ । त्यो आफैँमा दुःखद् हो’, उनले भने, ‘हामी यसबाट पाठ सिकौँ, कसै व्यक्तिलाई दोष नदिऊँ । दुवै सदनको काममा द्वन्द्व उत्पन्न हुने गतिविधि नगरौं ।’

के भनेका थिए शाहीले ?

सांसद शाहीले आइतबार राष्ट्रिय सभालाई वृद्धाश्रमको संज्ञा दिएका थिए । उनले चुनाव हारेका, हरुवा-चरुवाको भर्ती केन्द्र राष्ट्रिय सभा बनाएपछि त्यसरी बोल्नुपरेको बताए ।

‘हामीले हरुवा-चरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू?’, उनले भने, ‘मेराविरुद्ध खेद प्रस्ताव पारित गर्नुभन्दा जनतामा गएर चुनाव जितेर आउनुस् । हरुवा-चरुवा वृद्राश्रममा जाने बाजे-बज्यैलाई घरमा गएर नाति-नातिना खेलाएर बस्न भन्नुस्। तर राष्ट्रिय सभालाई हामी युवा र राष्ट्रको भविष्य बर्बाद गर्ने थलो नबनाउनुस्।’

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १ : ४४ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक