अमेरिकामा रहेका अवैध भारतीय आप्रवासीहरूको तेस्रो समूह उत्तरी भारतमा अवतरण « Khabarhub

अमेरिकामा रहेका अवैध भारतीय आप्रवासीहरूको तेस्रो समूह उत्तरी भारतमा अवतरण


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– एक सय १२ अवैध भारतीय आप्रवासी बोकेको एउटा अमेरिकी सैन्य विमान उत्तरी भारतीय सहर अमृतसर विमानस्थलमा अवतरण गरेको अधिकारीहरूले सोमबार बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको देशमा अवैध आप्रवासीहरू विरुद्धको अभियानको एक हिस्साका रूपमा संयुक्त राज्य अमेरिकाबाट निर्वासित भारतीयहरूको यो तेस्रो समूह हो ।

अधिकारीहरूका अनुसार सी–१७ अमेरिकी सैन्य विमान आइतबार राति अमृतसर विमानस्थलमा अवतरण गरेको थियो । आप्रवासन, प्रमाणीकरण र पृष्ठभूमि जाँचसहित सबै औपचारिकता पूरा गरेपछि निर्वासितहरूलाई आफ्नो घर जान अनुमति दिइने अधिकारीहरूले बताए ।

शनिबार राति एउटा अमेरिकी सैन्य विमानले एक सय १६ भारतीय आप्रवासीलाई अमृतसर ल्याएको थियो । यसअघि फेब्रुअरी ५ मा एक सय चार भारतीयलाई संयुक्त राज्य अमेरिकाबाट फिर्ता पठाइएको थियो ।

दोस्रो पटक अमेरिकी राष्ट्रपतिको पद सम्हाले लगत्तै ट्रम्पले अवैध आप्रवासीहरू विरुद्ध व्यापक कारबाही सुरु गरेका छन् ।

गत हप्ता संयुक्त राज्य अमेरिकामा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले संयुक्त राज्य अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका आफ्ना कुनै पनि नागरिकलाई फिर्ता लिने बताएका थिए । 

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १ : ५० बजे

टियागो इभिमा मेडिकल प्रोफेसनलका लागि विशेष अफर

काठमाडौं– टाटा मोटर्स नेपालका लागि आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले टियागो इभिमा विशेष

प्रभुका अर्का उच्च अधिकारी पक्राउ, बैंकिङ कसुरमा तानिए रेमिट्यान्स विभाग प्रमुख शाक्य

काठमाडौं- बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप कसूरमा

‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’

काठमाडौं– अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर

दोस्रो क्वालिफायर खेल्न काठमाडौंले लुम्बिनीलाई दियो ११२ रनको सहज लक्ष्य

काठमाडौं – नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार

उपराष्ट्रपति यादवसँग कतारका राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल