काठमाडौं महानगरका २ हजार ४० मार्ग र गल्लीको डिजिटल नक्सांकन  | Khabarhub Khabarhub

काठमाडौं महानगरका २ हजार ४० मार्ग र गल्लीको डिजिटल नक्सांकन 


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाले २ हजार ४० मार्ग र गल्लीको डिजिटल नक्सांकन गरेको छ । 

भौगोलिक सूचना र सेटलाइट तस्बिरको मद्दतले अहिलेसम्ममा २ हजार ४० वटा पथ, सडक, मार्ग र गल्लीको डिजिटल नक्सांकन र नामांकन भइसकेको महानगरपालिकाका नापी अधिकृत इञ्जिनियर अशोक श्रेष्ठले जानकारी दिए । 

विसं २०५८ सालमा सञ्चालन भएको काठमाडौँ उपत्यका म्यापिङ् कार्यक्रमबाट २ हजार ५७८ वटा पथ, सडक, मार्ग र गल्लीहरूको नामाङ्कन र नक्साङ्न अवस्थालाई अद्यावधिक गरिएको इञ्जिनियर श्रेष्ठले जनकारी दिए ।

 ‘त्यसबेला ८० हजार घरधुरीलाई मेट्रिक सिस्टममा आधारित नम्बर प्रदान गरिएको थिया’, श्रेष्ठले भने, ‘सेटलाइट इमेजबाट यकिन हुन नसकेका पथ, सडक, मार्ग र गल्लीको डिजिटलाइज गर्न ड्रोन इमेज लिने प्रक्रिया अगाडि बढेको छ ।’ 

महानगरले सडकको इन्भेन्ट्री (सूची) तयार गर्ने, वैज्ञानिक र मौलिक नामाकरण गर्ने तथा सडकसँग सम्बन्धित पूर्वाधार अभिलेखन गर्न भौगोलिक सूचना प्रणाली (जिआइएस) मा आधारित नक्सांकन थालेको छ । 

गएको पुस ९ गतेदेखि ५ जना भौगोलिक सूचना प्रणाली इञ्जिनियर र ५ जना सिनियर सर्भेयरबाट नक्सांकनको काम थालिएको महानगरले जनाएको छ । 

भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारका अनुसार त्यसबेलाका सूचना स्वतः अद्यावधिक नहुँदा धेरै कुरा खोजेर तथ्यांक तयार पार्नु पर्ने भएकाले काम थालिएको बताए । 

सडक, पथ, गल्ली र चोकको नाम परिवर्तन गर्न वडाहरूमा माग आएको र त्यसले समन्वय गरेर दिगो हुने गरी काम गर्नुपर्ने वडाध्यक्ष दलबहादुर कार्कीले बताए । 

नक्सांकनको कामबाट सडकको इन्भेन्ट्री (सूची) तयार हुनेछ । यसमा सडक र सडक सञ्जालको मौलिक र वैज्ञानिक नाम, सडकसँग सम्बन्धित योजना, फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आपत्कालीन दूत सेवालगायत क्षेत्रका तथ्य र तथ्यांक हुने महानगरको भनाई छ ।  

अहिले सडकहरूको नक्सांकन गर्ने र सूची तयार पार्ने, काठमाडौँ उपत्यका म्यापिङ् कार्यक्रमबाट नामकरण भइसकेका सडकहरूलाई एकीकृत गर्ने, सडकहरूको मौलिक र वैज्ञानिक नामकरण गर्ने, सडकसँग जोडिएका संरचना र पूर्वाधारको विवरण संकलन गर्नु तथा नक्सांकन गर्ने महानगरको योजना छ ।

नक्सांकनबाट प्राप्त तथ्यांकले राजस्व विभागलाई नक्सामा आधारित वैज्ञानिक राजस्व निर्धारण गरेर व्यक्ति र संघसंस्थालाई आवद्ध गराउन गराउने महानगरको योजना रहेको छ । सम्पदा क्षेत्रमा पर्यटन प्रवर्धनका लागि योजना गर्न सम्पदा तथा पर्यटन विभागलाई विवरण उपलब्ध हुने भएकाले त्यसले पर्यटन प्रवर्धनमा पनि मद्दत पुग्ने महानगले बताएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  २ : ०८ बजे

निजी सवारीको ‘लोन टु रेसियो’ ६० प्रतिशत पुग्यो, अधिकांश व्यवस्था यथावत

काठमाडौं– आउँदो चैत २५ गतेदेखि कार्यकाल सकेर बिदा हुन लागेका

तत्काल किसानको बक्यौता भुक्तानी दिन दुग्ध उत्पादक सहकारीको आग्रह

चितवन – केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घले दुग्ध उत्पादक किसानको

आम चुनावभन्दा पहिला अधिवेशन गराउनुपर्छ : शशांक कोइराला

जनकपुर– नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले २०८४ को आम निर्वाचन

मिति टुंगो नहुँदै कांग्रेस नेताहरूलाई महाधिवेशनको हतारो

काठमाडौं– १५औँ महाधिवेशनका लागि मिति तय नहुँदै नेपाली कांग्रेसका नेताहरू

आजका समाचार : कुलमानलाई फेरि स्पष्टीकरण, भेटवार्तामा व्यस्त परराष्ट्रमन्त्री र ट्रम्प-म्याक्रोन भेटवार्ता

छात्रवृत्तिमा आवेदन दिनेको संख्या नै पुगेन, प्रधानमन्त्रीले निकाले सूचनाशिक्षा शिक्षा,