दोहोरो अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार  « Khabarhub

दोहोरो अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार 


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार पनि शेयर बजारमा हरियाली छाएको छ ।  आज बजार करिब ३० अंकले बढेको हो । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) २९.८७ अंकले बढेर २७२७.९१ विन्दुमा पुगेको छ । नेप्से १.१० प्रतिशतले बढ्दा कारोबार १० अर्ब बढी पुगेको छ । १० अर्ब ४ करोड ९६ लाख ५४ हजार रुपैयाँ बराबरको १ करोड ८० लाख ८१ हजार १६८ कित्ता शेयर कारोबार भएको छ । 

यस्तै १६६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३०२ वटा कम्पनी कारोबारमा आउँदा १ लाख २ हजार ८६१ पटका शेयर किनबेच भएको छ । 

आज ८ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने सप्तकोशी विकास बैंकको नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

१३ वटा समूहमध्ये फाइनास, हाइड्रो र ट्रेनिङ बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । फाइनान्स ०.८४ प्रतिशतले, हाइड्रो ०.१५ प्रतिशतले र ट्रेनिङ १.२७ प्रतिशतले घटेको छ । 

आज सबैभन्दा बढी अन्य समूह २.४७ प्रतिशतले बढेको छ भने सबैभन्दा कम लगानी समूह ०.२० प्रतिशतले बढेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह २.१६ प्रतिशतले, विकास बैंक ०.३३ प्रतिशतले, होटेल तथा पर्यटन २.२९ प्रतिशतले, जीवन बीमा ०.८९ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.७७ प्रतिशतले, लघुवित्त २.४५ प्रतिशतले, म्युचुअल फण्ड ०.५२ प्रतिशतले र निर्जीवन बीमा १.०७ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ३ : १९ बजे

बार्सिलोनाले रियल बेटिसमाथि गर्यो पाँच गोल, टोरेसको ह्याट्रिक

काठमाडौं – ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

भारतको एक नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु

गोवा – भारतको एक चर्चित नाइट क्लबमा आगलागी हुँदा २३

एनपीएलः लिग चरणको अन्तिम खेलमा कर्णाली र जनकपुर भिड्दै

काठमाडौं – कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो

कोरला सडकमा १३ पुल निर्माण

मुस्ताङ – उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक आयोजनाअन्तर्गत हालसम्ममा

निर्वाचन आउन ८८ दिन बाँकीः आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन