दोहोरो अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार  « Khabarhub

दोहोरो अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार 


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार पनि शेयर बजारमा हरियाली छाएको छ ।  आज बजार करिब ३० अंकले बढेको हो । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) २९.८७ अंकले बढेर २७२७.९१ विन्दुमा पुगेको छ । नेप्से १.१० प्रतिशतले बढ्दा कारोबार १० अर्ब बढी पुगेको छ । १० अर्ब ४ करोड ९६ लाख ५४ हजार रुपैयाँ बराबरको १ करोड ८० लाख ८१ हजार १६८ कित्ता शेयर कारोबार भएको छ । 

यस्तै १६६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३०२ वटा कम्पनी कारोबारमा आउँदा १ लाख २ हजार ८६१ पटका शेयर किनबेच भएको छ । 

आज ८ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने सप्तकोशी विकास बैंकको नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

१३ वटा समूहमध्ये फाइनास, हाइड्रो र ट्रेनिङ बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । फाइनान्स ०.८४ प्रतिशतले, हाइड्रो ०.१५ प्रतिशतले र ट्रेनिङ १.२७ प्रतिशतले घटेको छ । 

आज सबैभन्दा बढी अन्य समूह २.४७ प्रतिशतले बढेको छ भने सबैभन्दा कम लगानी समूह ०.२० प्रतिशतले बढेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह २.१६ प्रतिशतले, विकास बैंक ०.३३ प्रतिशतले, होटेल तथा पर्यटन २.२९ प्रतिशतले, जीवन बीमा ०.८९ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.७७ प्रतिशतले, लघुवित्त २.४५ प्रतिशतले, म्युचुअल फण्ड ०.५२ प्रतिशतले र निर्जीवन बीमा १.०७ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ३ : १९ बजे

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,