नेपाल चाइल्डहुड क्यान्सर एलायन्स स्थापना  « Khabarhub

नेपाल चाइल्डहुड क्यान्सर एलायन्स स्थापना 


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चाइल्डहुड क्यान्सर एलायन्स (एनसीसीए) को उद्घाटन भएको छ । एनसीसीएको आधिकारिक घोषणा स्टेक होल्डरहरुलाई एकताबद्ध गर्ने, उपचार पहुँच सुधार गर्ने, र देशभरि क्यान्सरसँग संघर्ष गरिरहेका बालबालिकाको सहयोग सुदृढ गर्ने हो । 

यो एलायन्सले रमेश गुप्ता मेमोरियल ट्रस्ट, लियोनार्डो एडवर्ड श्रेष्ठ फाउन्डेशन, टुगेदर अगेन्स्ट चाइल्डहुड क्यान्सर र वल्र्ड चाइल्ड क्यान्सर यूकेलाई एकत्रित गर्दै बाल क्यान्सरको उपचार, बिरामी र परिवारलाई आवश्यक सहयोग, तथा लामो समयसम्मको पुनः स्थापना सेवालाई मजबुत बनाउन काम गर्नेछ ।

एनसीसीएको उद्घाटन समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. हरि प्रसाद मैनाली विभिन्न अस्पतालका बालरोग विशेषज्ञ चिकित्सकहरू, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरूको सहभागिता रहेको थियो । 

कार्यक्रमका प्यानल छलफलमा डा. बिश्वनाथ अधिकारी (कान्ति बाल अस्पताल), डा. ऋतु लामिछाने (भक्तपुर क्यान्सर अस्पताल), डा. सुचरिता तुलाधर (पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान), डा. कृष्ण सागर शर्मा (वी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पताल) र डा.सानी सिपाइ (कान्ति बाल अस्पताल) सहभागी थिए । छलफल डा. बिश्वनाथ अधिकारी को संयोजनमा रमेश गुप्ता मेमोरियल ट्रष्टकाका निर्देशक सञ्जय अग्रवालद्धारा अध्यक्षता गरिएको थियो भने हु नेपालका डा. सुमन पन्थी सह–अध्यक्ष थिए ।

 डब्लूसीसी नेपालका कार्यक्रम संयोजक, सम्राट रायमाझीले भने, यो पहल केवल उपचारमा सीमित छैन। बाल क्यान्सरको विरुद्ध लडिरहेका परिवारहरूलाई समग्र रूपमा सहयोग गर्नु आवश्यक छ, र यही लक्ष्यसहित एनसीसीए अघि बढ्दैछ ।

एनसीसीएको कार्यक्रमहरूः

–  प्रारम्भिक पहिचान र सचेतना अभियान, ताकि क्यान्सरको चाँडै नै निदान र उपचार हुन सकोस् ।

-‍  बिरामी परिवारका लागि आर्थिक र मानसिक सहयोग, उपचार बाहेकका कठिनाइ कम गर्न ।

–   शिक्षा छात्रवृत्ति तथा बाल क्यान्सर बाँचेकाहरूको समाज, दीर्घकालीन पुनःस्थापनाका लागि ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ४ : ४४ बजे

अमेरिकामा महँगी तीन वर्षयताकै उच्च

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल जेठ २८ गते बिहीबार अधिक जेठ

आज २०८३ साल जेठ २८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २८ गते बिहीबार अधिक जेठ

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले