भ्रष्टाचार निवारण विधेयकमा ‘भ्रष्टाचारविरुद्ध सामाजिक जागरण’ शीर्षक राख्नुपर्ने « Khabarhub

भ्रष्टाचार निवारण विधेयकमा ‘भ्रष्टाचारविरुद्ध सामाजिक जागरण’ शीर्षक राख्नुपर्ने


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाका सांसद माधव सापकोटाले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ मा भ्रष्टाचारविरुद्ध ‘सामाजिक जागरण’ छुट्टै शीर्षक राख्नुपर्ने सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सो विधेयकमाथिको छलफलका क्रममा उनले पछिल्लो समय ‘भ्रष्टाचार संस्कार’को रूपमा विकास भएको उल्लेख गर्दै यसविरुद्ध सामाजिक जागरण गर्ने विषय विधेयकमा उल्लेख गर्नुपर्ने सुझाव दिए ।

सांसद प्रकाश ज्वालाले भ्रष्टाचारजस्तो राष्ट्र र जनताविरोधी जघन्य अपराध गर्ने कसैलाई पनि उन्मुक्ति दिन नहुने बताए । यसतर्फ विधेयक केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।

सांसद मेटमणि चौधरीले भ्रष्टाचार न्यूनीकरणमा नियम कानुनसँगै नियत नै ठीक हुनुपर्ने तर्क गरे । सांसद दिलेन्द्रप्रसाद बडूले निजी क्षेत्रमा भन्दा सरकारी क्षेत्रमा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्तेतर्फ विधेयक बढी लक्षित हुनुपर्ने सुझाव दिए ।

सांसद सुमना श्रेष्ठ, किरणकुमार शाह, ठाकुरप्रसाद गैरे, अशोककुमार चौधरीले मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गर्नेगरी विधेयक बनाउनुपर्ने बताए । यसअघि ‘राष्ट्रियसभामा उत्पत्ति भएको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभामा बहुमतले स्वीकृत गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट गृहमन्त्री रमेश लेखकले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १० : ४१ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब