प्रधानमन्त्री ओलीप्रति भीम रावलका १५ टिप्पणी | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीप्रति भीम रावलका १५ टिप्पणी


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमालेका पूर्व नेता तथा मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले प्रधानमन्त्री केपी ओली जनताप्रति जिम्मेवार नभएको टिप्पणी गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीका कामकारबाही बारे १५ बुँदा उल्लेख गर्दै उनले ओलीका पछिल्ला काम कुराले के देश र जनताप्रतिको जिम्मेवार चरित्र र प्रवृत्तिलाई देखाउँछन् भन्दै प्रश्न गरेका छन् ।

उनले फौजदारी अभियोग र मुद्दा लागेका, गुण्डागर्दी र अनैतिक क्रियाकलापको घेरामा रहेकाहरूलाई कारबाही गर्नु त टाढाको कुरा स्पष्टीकरणसम्म पनि नसोध्ने, उल्टै राज्य र पार्टीका महत्वपूर्ण पद र अवसर दिने काम गरेको उल्लेख गरेका छन् ।

रावलले पार्टीका घोषित सिद्धान्त, नीति र कार्यक्रम विपरीत वा अमिल्दा काम र कुरा गरिनु हुन्न भन्ने आशयका साथ आलोचना र टिप्पणी गर्ने तथा राष्ट्रिय हितमा आवाज उठाउनेलाई कारबाही डण्डा चलाउने काम गरेको बताएका छन् ।

डा. रावले ओलीलाई भूमाफिया, दलाल र बिचौलियाहरूको स्वार्थ पूरा गर्न अध्यादेश ल्याउने र त्यस्तो अध्यादेशमा सांसदहरूलाई यथोचित छलफल गर्न रोन्ने दुराशयले सङ्क्षिप्त प्रक्रियाद्वारा अध्यादेश पारित गर्ने मन्त्रिपरिषदबाट निर्णय गर्ने काम जनविरोधी भएको दाबी गरेका छन् ।

यस्तै, नेपालको संविधानद्वारा प्रदत्त लेख्ने, बोल्ने र सभा, सङ्गठन गर्न पाउने कुरालाई कुण्ठित गर्ने मनसायले कानून ल्याउने तर राष्ट्रिय एकता, सामाजिक सद्भाव र शिष्टता विपरीतका खुला गतिविधिप्रति आँखा चिम्लिने गरेको रावलको भनाइ छ ।

रावलले पार्टीका जनसङ्गठन, भ्रातृ सङ्गठन तथा विभिन्न स्तरका कमिटीहरूमा चुन्ने र चुनिन पाउने अधिकारको सम्मान गर्नुको साटो आफ्ना अन्धभक्तहरूलाई नेतृत्वमा ल्याउन केन्द्रबाट दबाब दिने काम ओलीबाट हुने गरेको आरोप लगाएका छन्  ।

यस्तो छ १५ बुँदे टिप्पणी–

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  १० : ०४ बजे

सबै भू-भागमा विकास हुने गरी योजना बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले देशका सबै भू–भागमा

भिजिट भिसा प्रकरणले संसद् बन्धक, कुरा नमिलेपछि आरोप-प्रत्यारोपमा दलहरू

काठमाडौं- गत जेठ ७ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गृह

सत्तापक्ष आफ्नो हठबाट पछि नहटेका कारण संसद् चल्न सकेन : सांसद दाहाल

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सत्तापक्ष आफ्नो हठबाट

राज्यको विभेद : मासिने र नमासिने मतुवाली

कुरा हो, २४ वर्षअघिको । तामाङहरुका विषयमा केही जिज्ञासा लिएर

पानी जहाज विधेयक पारित, अब जलमार्गलाई खुल्यो कानुनी बाटो

काठमाडौं- पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट पारित