नेपाली विद्यार्थीमाथि ज्यादतीबारे सांसदहरूले भने- सरकारले भारतसँग तत्काल वार्ता गरोस् « Khabarhub

नेपाली विद्यार्थीमाथि ज्यादतीबारे सांसदहरूले भने- सरकारले भारतसँग तत्काल वार्ता गरोस्


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय सभा बैठकमा भारतका विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी असुरक्षित भएको विषय उठेको छ ।

मंगलबारको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इण्डस्ट्रिय टेक्नोलोजीमा अध्ययरत बुटवलकी छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युले नेपाली विद्यार्थीहरू असुरक्षित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद रेणु चन्दले भारतका विश्वविद्यालय नेपाली विद्यार्थीका लागि असुरक्षित भएकै हो भनेर प्रश्न उठाएकी छन् । उनले यसबारेमा नेपाल सरकारले तुरुन्त भारतसँग कुरा गर्नुपर्ने बताइन् ।

केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि बर्बर दमन गरिएको भन्दै उनले आक्रोश व्यक्त गरिन् ।

सांसद रुक्मिणी कोइरालाले प्रकृति लम्सालको मृत्यु शंकास्पद देखिएको भन्दै नेपाली विद्यार्थीको उद्दारबारे सरकारले पहल गर्नुपर्ने बताइन् ।

नेपाली युवती स्वदेश र विदेशमा किन यस्तो घटनामा पर्छन् भन्दै उनले असन्तुष्टि जनाइन् । सांसद विष्णुकुमारी सापकोटाले भारतसँग कूटनीतिक वार्ता गरेर सरकारले नेपाली विद्यार्थीको उद्दार गर्नुपर्ने बताइन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  १२ : ५३ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने