नेपाल प्रहरीको टोली दिल्लीबाट पुग्यो ओडिसास्थित केआईआईटी विश्वविद्यालय « Khabarhub

नेपाल प्रहरीको टोली दिल्लीबाट पुग्यो ओडिसास्थित केआईआईटी विश्वविद्यालय


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


912
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि उत्पन्न जटिल परिस्थितबारे बुझ्न नेपाल प्रहरीको टोली त्यसतर्फ गएको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीको दुई जनाको टोली ओडिसातर्फ पठाइएको जानकारी मंगलबार दिएकी छन् ।

‘नेपाली विद्यार्थीको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई हामीले निरन्तर रुपमा फलो अप गरिरहेका छौँ’, उनले भनेकी छन्, ‘नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी मंगलबार बिहानै विश्वविद्यालय पुग्नुभएको छ ।’

उनले प्रहरी अधिकारिसँग फोनमा कुरा गरेर घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न भनेको पनि बताएकी छन् ।

राणाले नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न पनि नेपाली प्रहरी अधिकारीलाई भनेको बताएकी छन् ।

‘यस विषयमा नेपाली दूतावास दिल्लीले आवश्यक पहल गरिरहेकै छ । हिजोको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरिसकेको छ’, उनले भनेकी छन्, ‘नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने कर्मचारीलाई कारबाही गरिसकिएको जानकारी पनि विश्वविद्यालयले सार्वजनिक सूचनामार्फत् गराएको छ ।’

उनले यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर समन्वयसहित काम गरिरहेका पनि बताएकी छन् ।

यस प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नै चासो राखेर नेपाली दूतावासलाई आवश्यक पहलका लागि भनिसकेको जनाएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  २ : ०४ बजे

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको