सभामुखले बोल्न दिँदा संसद्‍‍मा गयल देखिइन् सुमना श्रेष्ठ | Khabarhub Khabarhub

सभामुखले बोल्न दिँदा संसद्‍‍मा गयल देखिइन् सुमना श्रेष्ठ


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्न नदिएको भन्दै झोंक्किएर बाहिरिएकी उनलाई मंगलबारको बैठकमा बोल्ने समय दिँदा उपस्थित थिइनन् ।

सभामुख देवराज घिमिरेले श्रेष्ठलाई बोल्न समय दिँदा उनी बैठकस्थलमा देखिइनन् ।

एमाले सांसद सुनिता बरालले बोलिसकेपछि सभामुख घिमिरेले सुमनालाई समय दिएका थिए । तर, सुमना देखिइनन् । सभामुखले दायाँबायाँ हेरेर फेरि ‘माननीय सदस्य सुमना श्रेष्ठ’ भनेर दोहोर्‍याउँदा पनि उनी गयल देखिइन् ।

सभामुखले त्सक्रममा तीनपटकसम्म सुमनाको नाम लिए । उनी बैठकमै उपस्थित थिइनन्। त्यसपछि सभामुख घिमिरेले सुशीला श्रीपाली ठकुरीलाई बोल्न दिए ।

सोमबारको बैठकमा सुमनाले भारतको ओडिशास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद रुपमा ज्यान गुमाएकी विद्यार्थी प्रकृति लम्साल र अरु नेपाली विद्यार्थीमाथिको ज्यादतीबारे आकस्मिक समयमा बोल्न मागेकी थिइन्। तर, सभामुख घिमिरेले समय नदिएपछि उनी झोक्किँदै बाहिरिएर संसद् भवन परिसरमा सञ्चारकर्मीसँग बोल्न थालिन् ।

सुमनाले सोबार बोल्ने समय माग्दा सभामुखले, ‘यहाँबाट समय लिएर मात्रै बोल्न पाइन्छ, तपाईं आशन ग्रहण गर्नुस्’ भनेका थिए । तर, सुमनाले नेपाली विद्यार्थीको अन्याय संसद्‌मा उठाउनुपर्ने भन्दै बोल्न पाउनुपर्ने भनेपछि दुईजनाबीच नोकझोंक भयो ।

सभामुखले अनुमति नदिएपछि सुमना संसद् बैठक बहिष्कार गर्दै हिँडेकी थिइन् । तर त्यसपछि फेरि भित्र पसेकी उनले संसद् बैठकमा प्रस्तुत विधेयकमा बोलेकी थिइन् । उनै सुमना आजको बैठकमा गयल देखिइन् ।

उता सभामुख घिमिरेको सचिवालयले सुमनाले संसद्को मर्यादा र नियमावलीविपरीत स्टन्ट गर्न खोजेको भनेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  २ : ५४ बजे

वडादेखि केन्द्रसम्मका अधिवेशनलाई समयमै सम्पन्न गर्न क्यालेन्डर बनाउनुपर्छ : सरिता प्रसाईँ

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले समयमा नै पार्टीको महाधिवेशन सम्पन्न

प्रधानमन्त्रीद्वारा बेलिब्रिजको उद्घाटन

सुर्खेत– कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको खार्पुनाथस्थित चुवा खोलामा नवनिर्मित बेलीब्रिजको

नोभेम्बरमा दक्षिण कोरियामा नेपाल-कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी

काठमाडौं– एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई पुनः पक्राउ गर्न खोजिँदै

सियोल– दक्षिण कोरियाली पूर्व राष्ट्रपति युन सुक योललाई दुई पटकसम्म

राज्यका हरेक संरचनामा दलितको जनसङ्ख्याको आधारमा सहभागिताको माग

काठमाडौं– विभिन्न राजनीति दलका नेताले राज्यका सबै संरचनामामा दलित समुदायको