कुलमानबारे ऊर्जामन्त्री- सरकारलाई टेर्न छाडे, अब लगाम लगाउने बेला भयो « Khabarhub

कुलमानबारे ऊर्जामन्त्री- सरकारलाई टेर्न छाडे, अब लगाम लगाउने बेला भयो


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफूखुसी अघि बढ्न खोजको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खड्काले सञ्चालक समितिको निर्णय कार्यान्वयन नगरेर घिसिङ आफूखुसी अघि बढ्न खोजको आरोप लगाए । कुलमानले सरकारलाई नटेरेको पनि उनले बताए ।

घिसिङको अराजक गतिविधिलाई सरकारले हेरेर नबस्ने र लगाम लगाउने उनले उल्लेख गरे । राम्रो कामलाई पुरस्कार दिने भन्दै उनले सरकारका एउटा कर्मचारीको पक्षमा एक भएर बोल्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे । मन्त्री खड्काले पटक पटक बोर्ड बैठक बोलाउँदा उपस्थित नहुँदा सदस्य परिवर्तन गर्नुपरेको स्पष्ट पारे ।

उनले कुलमानका कारण लोडसेडिङ हटेको भनेर भ्रम फैलाइएको उल्लेख गरे । तत्कालीन अवस्थामा ४२५ मेगावाट विद्युत् भारतबाट ल्याउँदा लोडसेडिङ हटेको उनले स्पष्ट पारे । बाढीका कारण १३ अर्बको क्षति भएको भन्दै खड्काले तत्काल विद्युत् प्रवाहलाई सहज ढंगले सुचारु गरिएको दाबी गरे ।

खड्काले दोधारा-लम्की, बरेली-ढल्केबरलगायत आठवटा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने गरी भारत सरकारसँग सम्झौता भएर काम अघि बढेको बताए ।

उनले ऊर्जा क्षेत्रमा आवश्यक कानुन तर्जुमाका क्रममा रहेको बताउँदै केही विधेयकहरू अघि बढिसकेको पनि जानकारी दिएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ३ : २५ बजे

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल