नेपाली विद्यार्थीबारे दार्जीलिङका सांसद विष्टले भने- ओडिसा घटना जघन्य, दोषीमाथि कारबाही होस् | Khabarhub Khabarhub

नेपाली विद्यार्थीबारे दार्जीलिङका सांसद विष्टले भने- ओडिसा घटना जघन्य, दोषीमाथि कारबाही होस्


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय जनता पार्टीका प्रवक्ता तथा दार्जिलिङबाट लोकसभाका सांसद राजु बिष्टले ओडिसास्थित केआईआईटी विश्वविद्यालयको छात्रावासमा शंकास्पद र रहस्यमय रुपमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको परिवारमा समवेदना प्रकट गरेका छन् ।

बिष्टले मंगलबार ओडिसा निवासी भारतका केन्द्रीय शिक्षामन्त्री धमेन्द्र प्रधान तथा ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीसँग सम्पर्क गरेर स्वर्गीय लम्सालको न्याय सुनिश्चित गर्न हस्तक्षेपका लागि आग्रह गरेका छन् ।

शिक्षामन्त्री प्रधानलाई चिठ्ठी लेख्दै उनले घटनाको निष्पक्ष अनुसन्धान अघि बढाउन पनि भनेका छन् ।

‘दार्जीलिङ पहाड, तराई र डुवर्सका जनताको तर्फबाट म ओडिसाको होस्टेल कोठामा मृत भेटिएकी नेपाली छात्रा सुश्री प्रकृति लम्सालको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु’ बिष्टले भनेका छन्, ‘त्यहाँ अध्ययनरत विद्यार्थीहरूबाट रिपोर्ट प्राप्त भएपछि मैले माननीय केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानजी र माननीय ओडिशाका मुख्यमन्त्री मोहनचरण माझीजीलाई सम्पर्क गरेँ । स्वर्गीय प्रकृति लम्सालको लागि न्याय सुनिश्चित गर्न हस्तक्षेपका लागि अनुरोध गरेँ ।’

भारत र नेपालका विद्यार्थीहरूलाई केही सुरक्षा गार्ड र शिक्षकहरूले शारीरिक आक्रमण गरेको र छात्राबासका अधिकारीले थप मानसिक दुर्व्यवहारको पनि निष्पक्ष अनुसन्धान गर्न भनेका छन् ।

भाजपानिकट अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी)ले पनि मृतक प्रकृति र आक्रमण तथा दुर्व्यवहारमा परेकालाई न्याय माग गर्दै ऐक्यबद्धतामा सहभागी भएको जनाएका छन् ।

उनले भुवनेश्वर प्रहरीबाट मुख्य अभियुक्त पक्राउ गरेको, प्रदर्शनकारी विद्यार्थीमाथि आक्रमण गर्नेविरुद्ध मुद्दा चलाइएको जानकारी मिलेको बताएका छन् ।

नेपाली विद्यार्थीविरुद्धको जघन्य कार्यमा संलग्न सबैलाई जवाफदेही बनाउन पनि उनले राज्य सरकारलाई आग्रह गरेका छन्। उनले द्रूत कारबाही चलाएकोमा विश्वविद्यालय प्रशासनलाई पनि धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ६ : २९ बजे

भद्रपुर झापा गोल्डकप : भद्रपुर ब्लेजर्स र बङ्गलादेशको क्राउन बाजार भिड्ने

झापा– दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को पहिलो सेमिफाइनलमा

मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक

धनगढीमा ‘बायोग्यास प्लान्ट’ पूर्ण क्षमतामा सञ्चालन

कैलाली– धनगढी उपमहानगरपालिका– २ सन्तोषी टोलस्थित बायोग्यास प्लान्ट पूर्ण क्षमतामा

आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन

झापा– झापाको कचनकवल गाउँपालिका–५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ

नेतान्याहुले युद्ध विराम भंग गर्न चाहेको हमासको आरोप

इजरायल – हमासका अधिकारीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध विराम