नेपाली विद्यार्थीबारे दार्जीलिङका सांसद विष्टले भने- ओडिसा घटना जघन्य, दोषीमाथि कारबाही होस् « Khabarhub

नेपाली विद्यार्थीबारे दार्जीलिङका सांसद विष्टले भने- ओडिसा घटना जघन्य, दोषीमाथि कारबाही होस्


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय जनता पार्टीका प्रवक्ता तथा दार्जिलिङबाट लोकसभाका सांसद राजु बिष्टले ओडिसास्थित केआईआईटी विश्वविद्यालयको छात्रावासमा शंकास्पद र रहस्यमय रुपमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको परिवारमा समवेदना प्रकट गरेका छन् ।

बिष्टले मंगलबार ओडिसा निवासी भारतका केन्द्रीय शिक्षामन्त्री धमेन्द्र प्रधान तथा ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीसँग सम्पर्क गरेर स्वर्गीय लम्सालको न्याय सुनिश्चित गर्न हस्तक्षेपका लागि आग्रह गरेका छन् ।

शिक्षामन्त्री प्रधानलाई चिठ्ठी लेख्दै उनले घटनाको निष्पक्ष अनुसन्धान अघि बढाउन पनि भनेका छन् ।

‘दार्जीलिङ पहाड, तराई र डुवर्सका जनताको तर्फबाट म ओडिसाको होस्टेल कोठामा मृत भेटिएकी नेपाली छात्रा सुश्री प्रकृति लम्सालको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु’ बिष्टले भनेका छन्, ‘त्यहाँ अध्ययनरत विद्यार्थीहरूबाट रिपोर्ट प्राप्त भएपछि मैले माननीय केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानजी र माननीय ओडिशाका मुख्यमन्त्री मोहनचरण माझीजीलाई सम्पर्क गरेँ । स्वर्गीय प्रकृति लम्सालको लागि न्याय सुनिश्चित गर्न हस्तक्षेपका लागि अनुरोध गरेँ ।’

भारत र नेपालका विद्यार्थीहरूलाई केही सुरक्षा गार्ड र शिक्षकहरूले शारीरिक आक्रमण गरेको र छात्राबासका अधिकारीले थप मानसिक दुर्व्यवहारको पनि निष्पक्ष अनुसन्धान गर्न भनेका छन् ।

भाजपानिकट अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी)ले पनि मृतक प्रकृति र आक्रमण तथा दुर्व्यवहारमा परेकालाई न्याय माग गर्दै ऐक्यबद्धतामा सहभागी भएको जनाएका छन् ।

उनले भुवनेश्वर प्रहरीबाट मुख्य अभियुक्त पक्राउ गरेको, प्रदर्शनकारी विद्यार्थीमाथि आक्रमण गर्नेविरुद्ध मुद्दा चलाइएको जानकारी मिलेको बताएका छन् ।

नेपाली विद्यार्थीविरुद्धको जघन्य कार्यमा संलग्न सबैलाई जवाफदेही बनाउन पनि उनले राज्य सरकारलाई आग्रह गरेका छन्। उनले द्रूत कारबाही चलाएकोमा विश्वविद्यालय प्रशासनलाई पनि धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ६ : २९ बजे

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको