बिहान खाली पेट दौडिने कि खाएर ? | Khabarhub Khabarhub

बिहान खाली पेट दौडिने कि खाएर ?


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धेरै अनुसन्धानबाट यो प्रमाणित भइसकेको छ कि हिँड्नु भनेको पूरै शरीरमा गतिशीलता ल्याउने सबैभन्दा ठूलो माध्यम हो। 

हिँड्दा शरीरको हरेक अङ्गलाई फाइदा हुन्छ । सबैभन्दा पहिले त यसले क्यालोरीहरू घटाउँछ, जसका कारण तपाईँको मेटाबोलिजम बढ्न जान्छ ।

फटाफट वा गति बढाएर हिँड्दा सम्पूर्ण शरीरलाई उचित ऊर्जा प्राप्त हुन्छ। यदि तपाईँ नियमित रूपमा हिँड्नुहुन्छ भने, यसले तपाईँको मांसपेशिहरु कसिलो बनाउँछ र तौल कम गर्दछ। हिँड्दा मुड राम्रो रहन्छ किनभने यसले तनाव कम गर्दछ । 

हिँड्दा मुटु र कलेजोको रोगबाट पनि बचाउँछ । यसरी हेर्दा तीव्र गतिमा हिँड्नुका धेरै फाइदाहरू छन् । तर प्रायः मानिसहरूको दिमागमा अन्योल हुन्छ कि केही खाएपछि हिँड्ने कि खाली पेटमा हिँड्ने ? यसको बारेमा हामी केही जानकारी दिनेछौँ ।

खाली पेटमा हिँड्नुको फाइदा:

यदि तपाई तौल घटाउन चाहनुहुन्छ भने खाली पेटमा हिँड्नु तपाईँको लागि निकै फाइदाजनक साबित हुन सक्छ । यो एक प्रकारको फास्टिङ कार्डियो हो। यदि मानिस स्वस्थ छ भने उसले हरेक बिहान खाली पेटमा तीव्र गतिमा हिँड्नु पर्छ । जब कोही खाली पेटमा हिँड्छ, उसको पेटमा केही रहँदैन। मतलब, शरीरले तपाईँको शरीरमा रहेको बोसोको ऊर्जा प्रयोग गर्न थाल्छ। त्यसैले खाली पेटमा हिँड्दा तौल घट्छ । 

शरीरले बिहान कम ग्लुकोज भण्डारण गर्छ। जब तपाईँ हिँड्नुहुन्छ, तपाईँको शरीरको मांसपेशीहरूमा संकुचन हुन्छन्। यस्तो अवस्थामा शरीरमा पहिले नै जम्मा भएको ऊर्जा मात्र खर्च हुन्छ किनभने संकुचनका लागि ऊर्जा चाहिन्छ। मांसपेशीहरूले यो ऊर्जा रगतमा रहेको चिनीबाट लिन्छन्। 

जब रगतमा चिनीको मात्रा कम हुन थाल्छ, कलेजोले ग्लाइकोजन तोड्न थाल्छ। यो ग्लुकोजमा परिणत हुन्छ र मांसपेशिद्वारा प्रयोग गरिन्छ। यसरी शरीरमा अतिरिक्त क्यालोरी खर्च हुँदा पहिल्यै जम्मा भएको बोसो टुट्दै जान्छ। तर मधुमेह, उच्च रक्तचापजस्ता स्वास्थ्य समस्या भएका व्यक्तिहरूले खाली पेटमा हिँड्नु हुँदैन।

खाजा खाएर हिँड्नुका फाइदा:

बिहानको खाजा पछि पनि हिँड्दा मानिसहरूले फाइदा लिन सक्छन्। बिहानको खाजा खाइ सके पछि पनि हिँड्न थाल्नुभयो भने पनि फाइदा हुनेछ । खासमा यसले शरीरको स्ट्यामिना बढाउँछ। 

तपाईँको कार्य सम्पादनमा सुधार हुन्छ, यसले पनि शरीरले संचित ऊर्जा खर्च गर्छ । यसले रगतमा चिनीको मात्रा बढाउँदैन। यस्तो अवस्थामा मधुमेहका बिरामीले खाना खाइ सकेपछि हिँड्नु बढी फाइदाजनक हुन्छ । साथै, उच्च रक्तचाप भएका व्यक्तिले खाना खाइ सके पछि हिँड्दा पनि बढी फाइदा हुन्छ । यदि तपाईँ बिहानको खाजा पछि हिँड्नुभयो भने यसले तपाईँको पाचनलाई पनि स्वस्थ राख्छ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १२ : ०५ बजे

सुप्रिया र मायाले जिते ‘मिस एण्ड मिसेस गुरुङ’को उपाधि

काठमाडौं – ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ

धुलिखेल–सूर्यविनायक सडकमा रोकिएको विस्तार कार्य सुरु

काभ्रेपलाञ्चोक – वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत सूर्यबिनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको

उखु किसानलाई अनुदान रकम अविलम्ब भुक्तान गर्नुपर्छः नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

प्रदेश आमसञ्चार विधेयकबारे सरोकार भएकाहरूका चासोप्रति गम्भीर छौँ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश आमसञ्चार

राहुल गान्धीको आरोप – भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ

एजेन्सी – भारतीय कांग्रेसका नेता तथा लोकसभाका प्रमुख प्रतिपक्षी नेता