केआईआईटीका महानिर्देशकसहित तीन उच्च अधिकारी पक्राउ | Khabarhub Khabarhub

प्रकृतिको मृत्यु र नेपाली विद्यार्थीमाथि ज्यादती

केआईआईटीका महानिर्देशकसहित तीन उच्च अधिकारी पक्राउ


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको ओडिशा राज्यस्थित भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी) मा आइतबार शंकास्पद अवस्थामा मृत भेटिएकी नेपाली छात्रा प्रकृति लम्सालको प्रकरणमा थप तीनजना पक्राउ परेका छन् ।

भुवनेश्वर प्रहरीले कलेजका मानव स्रोत महानिर्देशक ५९ वर्षीय शिवनन्द मिश्र, प्रशासन निर्देशक ५० वर्षीय प्रतापकुमार चमुपती, छात्रावास निर्देशक सुधीरकुमार राठलाई पक्राउ गरेर हिरासतमा लिएको हो ।

प्रकृतिको मृत्युपछि छानबिन माग्दै नेपाली विद्यार्थीमाथि कुटपिट र दुर्व्यवहारमा संलग्न केआईआईटी विश्वविद्यालयका सुरक्षा गार्डहरू ४५ वर्षीय रमाकान्त नायक, रवीन्द्र नायक, जोगेन्द्र बेहेरा र बेगु बहेरालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

भुवनेश्वर प्रहरीले सोमबार नै केआईआईटीमा अध्ययनरत भारतीय युवा २१ वर्षीय अद्विक श्रीवास्तवलाई पक्राउ गरिसकेको छ । उनलाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । उनको शारीरिक तथा मानसिक यातनाकै कारण प्रकृतिले आत्महत्या गर्न बाध्य भएको समाचार आइरहेका छन् ।

उता प्रकृतिको शव नेपाल ल्याउन भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय भइरहेको छ। बुधबार साँझसम्म शव रुपन्देही ल्याउने तयारी भएको छ ।

गत आइतबार अपराह्न ४ बजे २० वर्षीया प्रकृति होस्टलको कोठामा मृत भेटिएकी परेकी थिइन् । साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शनमा उत्रिएका ७ सय बढी नेपाली विद्यार्थीमाथि बाहिरका युवा र सुरक्षागार्ड लगाएर कुटपिटसहित निकालेको थियो ।

यस प्रकरणमा कलेज प्रशासनले पटक पटक माफी मागेको छ । नेपाली छात्रा मृत भेटिएपछि त्यहाँ अध्ययनरत ३ सय बढी नेपाली विद्यार्थी देश फर्किएका छन् । यो प्रकरणले संसद्‍मा पनि प्रवेश पाएको छ । ओडिसा राज्यको विधानसभामा पनि यो विषय पुगेको छ । जसकारण ओडिसा सरकारले घटनाको छानबिनका लागि उच्चस्तरीय समिति बनाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रकृतिका प्रेमी भनिएका अद्विक श्रीवास्तवसहित ६ जना प्रहरी नियन्त्रणमा छन् । श्रीवास्तवको यातना सहन नसकेर प्रकृतिले आत्महत्या गरेको उनका साथीहरूले बताएका छन् । केआईआईटीमा दुईजना सुरक्षागार्ड सेवाबाट बर्खास्त भइसकेका छन् । अन्य तीनजनालाई सेवाबाट निलम्बित गरिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १२ : २९ बजे

उत्तरपूर्वी चीनको रेस्टुरेन्टमा आगलागी, २२ जनाको मृत्यु

बेइजिङ– उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा भएको आगलागीमा मंगलबार २२ जनाको

‘मिसेस् नेपाल अस्ट्रेलिया’ हुँदै 

अस्ट्रेलिया–  हिमाली कल्चर ग्रुप मेलवन अस्ट्रेलियाको आयोजना, इभेन्ट्स नेपाल अस्ट्रेलियाको

स्वास्थ्यमन्त्रीले भने- स्वास्थ्य क्षेत्रमा तीनै तह मिलेर काम गरौँ 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा तीनै

क्यानाडाका कार्नीसँग काम गर्न उत्सुक छौँ : प्रधानमन्त्री मोदी

नयाँदिल्ली– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना क्यानाडाली समकक्षी मार्क कार्नीलाई

गगन थापालाई अदालतले माग्यो लिखित जवाफ

काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलना