कर्णालीमा बस्ने मधेशी भन्छन्- राजनीतिक संस्कार राम्रो छ, विभेद भोग्नुपरेको छैन | Khabarhub Khabarhub

कर्णालीमा बस्ने मधेशी भन्छन्- राजनीतिक संस्कार राम्रो छ, विभेद भोग्नुपरेको छैन


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– लामो समयदेखि कर्णाली प्रदेशलाई कर्मभूमि बनाएका बसेका मधेशी समुदायका प्रतिनिधिले कर्णालीमा जातीय विभेद भोग्नु नपरेको बताएका छन् । 

तराई मधेशका विभिन्न जिल्लाबाट कर्णालीमा विशेष गरी शिक्षण र व्यापार व्यवसायका सिलसिलामा कर्णालीमा कुनै विभेद नभोगेको बताएका हुन् । 

कर्णाली उत्सवमा मध्यपश्चिम विश्वविद्यालयमा कार्यरत उपप्राध्यापक इन्जिनियर हरिनारायण यादवले सहजीकरण गरेको ‘कर्णालीमा मधेश’ नामक सत्रमा सहप्राध्यापक डा. विनयकुमार दास, प्रधानाध्यापक श्रवणकुमार शर्मा र नेपाल नाइ संघ सुर्खेतका अध्यक्ष अर्जुन ठाकुरले मधेसबाट आएर कर्णालीमा बस्दाका कुनै विभेद नभोगेको बताएका छन् ।

२०४७ सालदेखि वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा प्राध्यापनका लागि सुर्खेत आइपुगेका सहप्राध्यापक विनयकुमार दासले मधेशमा भन्दा कर्णालीमा राजनीतिक संस्कृति राम्रो रहेको बताए । 

‘जुनसुकै पार्टीको भए पनि मेलमिलाप, आपसी समन्वय राम्रो छ, म आएको बेला भर्खर बहुदल आएको थियो, उनले भने, ‘त्यतिखेरदेखि हेर्दै आएको छु, यहाँ राजनीतिक दलहरूले मिलेर काम गरेको देख्छु, तर मधेशमा त्यस्तो देख्दिनँ ।’ 

मधेशको राजर्षी जनक विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय एकै दिन स्थापना भए पनि राजर्षी जनकभन्दा मध्यपश्चिमले राम्रो प्रगति गरेको टिप्पणी गरे । 

मधेशमा राजनीतिक संस्कार र राजनीतिक प्रणाली राम्रो नहुँदा त्यहाँका सार्वजनिक संस्थाले प्रगति गर्न डा. दासले बताए । 

‘कर्णालीको हावापानी राम्रो छ, न ज्यादा गर्मी न चिसो, मानिसहरू पनि मानिसहरू पाएँ, हामीलाई मधेशी विभेद छैन’, उनले भने, ‘अलि मधेसको भन्दा कर्णालीका विद्यार्थीहरू कम अध्ययन गर्ने पाएँ, पढाइलाई त्यति महत्वको दिएको पाइनँ ।’

सुर्खेतको बराहताल गाउँपालिकास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय स्याउलेका प्रधानाध्यापक श्रवणकुमार शर्माले कर्णालीमा शिक्षक, कर्मचारीलाई काम गर्ने राम्रो वातावरण रहेको बताए । 

२०७२ साल मंसिरदेखि सुर्खेत कार्यक्षेत्र बनाएका सप्तरीका उनले आफूलाई कर्णाली छाडेर मधेश जान मन नलागेको बताए । 

‘मलाई सुर्खेत भन्दा त बराहताल छाड्न मन लाग्दैन, धेरैले माया गर्नुहुन्छ, मैले विभेद कहिल्यै खेपिन, उनले भने ।

वीरेन्द्रनगरमा २०४६ सालदेखि हजाम व्यवसाय सञ्चालन गर्दै आएका महोत्तरीका अर्जुन ठाकुरले आफूले मधेशी समुदायका रूपमा कुनै प्रकारको विभेद भोग्नु नपरेको बताए । 

हामीलाई कुनै विभेद छैन, यहाँका मानिसहरू असाध्यै मिलनसार, सहयोगी पाएको छु, उनले भने, कर्णालीवासीको अगाध मायाकै कारण मधेश जान मन लाग्दैन ।’

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १ : ३२ बजे

पोखरा महानगरका नगर प्रहरीलाई सञ्चारसेट

पोखरा– पोखरा महानगरपालिकाले नगरप्रहरीलाई प्रभावकारी सञ्चारका लागि वाकिटकी उपलब्ध गराएको

चराङ-छोसेर सडक धमाधम स्तरोन्नति

मुस्ताङ– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उपल्लो मुस्ताङको

प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खुला स्थानमा फोहर नबाल्न महानगरवासीलाई आग्रह गरेको

म्याग्दीको अर्मनमा ‘एक घर, एक धारा’

म्याग्दी– मङ्गला गाउँपालिका–५ (साविक अर्मन गाविस)मा पाँचवटा खानेपानी आयोजना सञ्चालन

एकतोला सुनको मूल्य दुई लाख नजिक, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढिरहेको छ ।  त्यसको असर