कर्णालीमा बस्ने मधेशी भन्छन्- राजनीतिक संस्कार राम्रो छ, विभेद भोग्नुपरेको छैन « Khabarhub

कर्णालीमा बस्ने मधेशी भन्छन्- राजनीतिक संस्कार राम्रो छ, विभेद भोग्नुपरेको छैन


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– लामो समयदेखि कर्णाली प्रदेशलाई कर्मभूमि बनाएका बसेका मधेशी समुदायका प्रतिनिधिले कर्णालीमा जातीय विभेद भोग्नु नपरेको बताएका छन् । 

तराई मधेशका विभिन्न जिल्लाबाट कर्णालीमा विशेष गरी शिक्षण र व्यापार व्यवसायका सिलसिलामा कर्णालीमा कुनै विभेद नभोगेको बताएका हुन् । 

कर्णाली उत्सवमा मध्यपश्चिम विश्वविद्यालयमा कार्यरत उपप्राध्यापक इन्जिनियर हरिनारायण यादवले सहजीकरण गरेको ‘कर्णालीमा मधेश’ नामक सत्रमा सहप्राध्यापक डा. विनयकुमार दास, प्रधानाध्यापक श्रवणकुमार शर्मा र नेपाल नाइ संघ सुर्खेतका अध्यक्ष अर्जुन ठाकुरले मधेसबाट आएर कर्णालीमा बस्दाका कुनै विभेद नभोगेको बताएका छन् ।

२०४७ सालदेखि वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा प्राध्यापनका लागि सुर्खेत आइपुगेका सहप्राध्यापक विनयकुमार दासले मधेशमा भन्दा कर्णालीमा राजनीतिक संस्कृति राम्रो रहेको बताए । 

‘जुनसुकै पार्टीको भए पनि मेलमिलाप, आपसी समन्वय राम्रो छ, म आएको बेला भर्खर बहुदल आएको थियो, उनले भने, ‘त्यतिखेरदेखि हेर्दै आएको छु, यहाँ राजनीतिक दलहरूले मिलेर काम गरेको देख्छु, तर मधेशमा त्यस्तो देख्दिनँ ।’ 

मधेशको राजर्षी जनक विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय एकै दिन स्थापना भए पनि राजर्षी जनकभन्दा मध्यपश्चिमले राम्रो प्रगति गरेको टिप्पणी गरे । 

मधेशमा राजनीतिक संस्कार र राजनीतिक प्रणाली राम्रो नहुँदा त्यहाँका सार्वजनिक संस्थाले प्रगति गर्न डा. दासले बताए । 

‘कर्णालीको हावापानी राम्रो छ, न ज्यादा गर्मी न चिसो, मानिसहरू पनि मानिसहरू पाएँ, हामीलाई मधेशी विभेद छैन’, उनले भने, ‘अलि मधेसको भन्दा कर्णालीका विद्यार्थीहरू कम अध्ययन गर्ने पाएँ, पढाइलाई त्यति महत्वको दिएको पाइनँ ।’

सुर्खेतको बराहताल गाउँपालिकास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय स्याउलेका प्रधानाध्यापक श्रवणकुमार शर्माले कर्णालीमा शिक्षक, कर्मचारीलाई काम गर्ने राम्रो वातावरण रहेको बताए । 

२०७२ साल मंसिरदेखि सुर्खेत कार्यक्षेत्र बनाएका सप्तरीका उनले आफूलाई कर्णाली छाडेर मधेश जान मन नलागेको बताए । 

‘मलाई सुर्खेत भन्दा त बराहताल छाड्न मन लाग्दैन, धेरैले माया गर्नुहुन्छ, मैले विभेद कहिल्यै खेपिन, उनले भने ।

वीरेन्द्रनगरमा २०४६ सालदेखि हजाम व्यवसाय सञ्चालन गर्दै आएका महोत्तरीका अर्जुन ठाकुरले आफूले मधेशी समुदायका रूपमा कुनै प्रकारको विभेद भोग्नु नपरेको बताए । 

हामीलाई कुनै विभेद छैन, यहाँका मानिसहरू असाध्यै मिलनसार, सहयोगी पाएको छु, उनले भने, कर्णालीवासीको अगाध मायाकै कारण मधेश जान मन लाग्दैन ।’

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १ : ३२ बजे

हेटौँडा कपडा उद्योग सञ्चालनसँगै सरकारले कपास खेतीमा जोड दिने

काठमाडौं- हेटौँडा कपडा उद्योग सञ्चालनमा आएसँगै नेपालमै आवश्यक पर्ने कपास

बजारबाट जनताको याचना : सरकार ग्यास देऊ !

चितवन– भरतपुरका विजय कमली ग्यास नपाएर भौँतारिएको तीन दिन भइसक्यो

अहिले नेपाली कांग्रेसको आधिकारिकता जहाँ छ, त्यहाँ शरीर मात्रै छ, आत्मा छैन : डा महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले अहिले वैधानिकता प्राप्त

डिमान्डेन्ड सुपरस्टार नायकहरूको गतिविधि : अनमोल र पल सुटिङमा, प्रदीपको घोषणा मात्रै

काठमाडौं – नेपाली फिल्मका तीन डिमान्डेड तीन स्टार नायकहरूको व्यस्तता

प्राइम कमर्सियल बैंकको नाफामा २८ प्रतिशतको वृद्धि, ४ अर्ब ११ करोड खुद मुनाफा आर्जन

काठमाडौं– प्राइम कमर्सियल बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक