तस्करीको आशंकामा सप्तरीबाट विङ्गर गाडीसहित चालक प्रहरी नियन्त्रणमा | Khabarhub Khabarhub

तस्करीको आशंकामा सप्तरीबाट विङ्गर गाडीसहित चालक प्रहरी नियन्त्रणमा


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सप्तरी प्रहरीले तस्करीको आशंकामा टाटा विङ्गरबाट खाद्य सामग्री बरामद गरेको छ।

खडक नगरपालिका-८ भदिया सडकखण्डस्थित भारतको लौकहीबाट सप्तरीको बिसनपुर आउँदै गरेको विङ्गरबाट मंगलबार राति खाद्य सामग्री बरामद गरेको हो ।

ना१ज ८०८७ नम्बरको विङ्गर गाडी चेकजाँच गर्दा राति ११ बजे भन्सार छलेर ल्याइएको १६ लाख ४३ हजार ७१३ रुपैयाँ बराबरको सामग्री बरामद भएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए ।

यसक्रममा चालक खडक नगरपालिका-८ का ४३ वर्षीय भगवत चौधरी प्रहरीको नियन्त्रणमा छन् । विङ्गरमा माउन्टेन डिउ, जिरालगायत खाद्य सामग्री रहेको खतिवडाले बताए।

बरामद सामान, विङ्गर र चालकलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  २ : १४ बजे

भातृत्वदेखि विश्वासघातसम्म : शक्तिशाली परिवारको कलहले बिगारेको थाइल्याण्ड-कम्बोडिया सम्बन्ध

काठमाडौं- विश्वमा वंशवादमा आधारित राजनीति नौलो कुरा होइन । राजतन्त्रात्मक

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेकाे छ।

अपडेट: हायू परिवारकी माइली छोरी प्रहरीको सम्पर्कमा

काठमाडौं – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट एकै परिवारका १६ जना

सर्लाहीमा स्कुल बसले किच्दा बालिकाको मृत्यु

सर्लाही – सर्लाहीको ब्रह्मपुरीमा स्कुल बसले किचेर आज एक बालिकाको

वारेस राख्न माधव नेपाललाई विशेष अदालतले दिएन अनुमति

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई वारेसमार्फत मुद्दा लड्न