रौतहट जिल्लास्तरीय साइकल दौड प्रतियोगितामा रानीकुमारी प्रथम  « Khabarhub

रौतहट जिल्लास्तरीय साइकल दौड प्रतियोगितामा रानीकुमारी प्रथम 


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहट जिल्लास्तरीय साइकल दौड प्रतियोगितामा रानीकुमारी यादव प्रथम भएकी छन् । राजदेवी मिडिया सेन्टरले आयोजना गरेको १२ औँ जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगितामा बुधबार उनी प्रथम भएकी हुन्।

प्रतियोगितामा प्रथम राजदेवी नगरपालिकामा-६ की रानीकुमारी यादव, दोस्रो स्थानमा वडा नम्बर २ की सन्जनी कुमारी यादव र ६ नम्बर वडाकी रविनाकुमारी साह तेस्रो भएको आयोजक मिडिया सेन्टरका अध्यक्ष रामपुकार राउतले बताए ।

बुधबार एक समारोहको आयोजना गरी प्रमुख अतिथि मधेश प्रदेश सभामुख रामचन्द्र मण्डलले महिला साइकल दौड प्रतियोगितामा प्रथम रानीकुमारी यादवलाई ५० हजार, दोस्रो भएकी सन्जनी कुमारी यादवलाई ३० हजार, तेस्रो रबिना साहलाई २० हजार रुपैयाँको  चेक हसतान्तरण गरे।

कार्यक्रममा प्रदेश सभामुख मण्डलका साथै नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अजयकुमार गुप्ता, केन्द्रीय लेखा आयोग सदस्य राजकिशोर यादव, प्रदेश सांसद नागेन्द्र साहलगायतको सहभागिता रहेको थियो।

फाइनल प्रतियोगितामा सहभागी सबै १५ जना बालिकाहरूलाई प्रोत्साहन स्वरूप साइकल प्रदान गरिएको आयोजकले बताएको छ।

महिला सशक्तिकरणका लागि राजदेवी मिडिया सेन्टरले २०६८ सालदेखि प्रत्येक वर्ष महिला साइकल दौड प्रतियोगिताको आयोजना गर्दै आएको छ। कोरोना कालमा भने यो प्रतियोगिता भएको थिएन।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ३ : ०१ बजे

आजको कार्टुन – ओलीको नयाँ अवतार !

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनबाट अध्यक्ष पदमा केपी

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली– जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं– सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेन-जीद्वारा

एमालेका केन्द्रीय सदस्य अधिकारीले लिए सक्रिय राजनीतिबाट बिदा

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य कासीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा ‘फाउल