पूर्वाधार क्षेत्रका कार्यक्रममा राज्यको कछुवा गति « Khabarhub

पूर्वाधार क्षेत्रका कार्यक्रममा राज्यको कछुवा गति


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुँजीगत बजेट खर्चमा सधैँ कमजोर रहँदै आएको सरकार चालु आर्थिक वर्षको ६ महिनामा पूर्वाधारको क्षेत्रको काममा अत्यन्तै कमजोर देखिएको छ । तथ्यांकअनुसार पूर्वाधार क्षेत्रसँग सम्बन्धित क्रियाकलापमा ६ महिनाको अवधिमा तीनवटा मन्त्रालयको प्रगति शून्य नै बनेको छ भने सो क्षेत्रमा काम गर्ने ५ वटा मन्त्रालयले १३.२ प्रतिशत मात्रै काम सम्पन्न गरेका छन् ।

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइले १०५, सहरी विकासले ११६ वटा, सञ्चार तथा सूचना प्रविधिले ४३ वटा, खानेपानीले ३२ वटा र भौतिक पूर्वाधार तथा यातायातले ५१ वटा गरी जम्मा ३४७ वटा पूर्वाधार क्षेत्रका कार्यक्रम अगाडि सारेका थिए । 

जसमध्ये ३८ वटा कार्यक्रम पुस महिनाभित्रमा सम्पन्न हुनुपर्ने गरी तय गरिएको थियो । तर, सो अवधिसम्म जम्मा ५ वटा कार्यक्रम मात्रै सम्पन्न भएको प्रधानमन्त्री कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पुस महिनासम्म सम्पन्न हुनुपर्ने ६ वटा पूर्वाधारका कार्यक्रम अगाडि सारेको थियो, तर समीक्षा अवधिसम्म सो मन्त्रालयले २ वटा कार्यक्रम मात्रै सम्पन्न गरेको छ ।

त्यस्तै, समीक्षा अवधिसम्म सम्पन्न गर्नुपर्नेगरी सहरी विकास मन्त्रालयले १० वटा र सञ्चार मन्त्रालयले १७ वटा पूर्वाधारका कार्यक्रम अगाडि सारेकोमा सो अवधिसम्म उनीहरूले क्रमशः जम्मा २ र १ वटा मात्रै आयोजना सम्पन्न गरेका छन् ।

खानेपानी मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयले समीक्षा अवधिमा सम्पन्न गर्नुपर्ने आयोजना क्रमशः ३ र २ वटा अगाडि सारेको भएपनि एउटा पनि सम्पन्न गर्न नसकेको प्रगति प्रतिवेदनमा उल्लेख छ । जसले पूर्वाधार क्षेत्रका कार्यक्रम कार्यान्वयनमा ती दुई मन्त्रालय पूर्णतः असफल देखिएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ५ : ०६ बजे

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका