स्वास्थ्य शिविरबाट एकहजार बढी लाभान्वित « Khabarhub

स्वास्थ्य शिविरबाट एकहजार बढी लाभान्वित


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जुम्ला – यहाँको हिमा गाउँपालिका–५ स्थित कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा एक हजार २८ जनाले सेवा लिएका छन् ।

गाउँपालिकाको आयोजना र कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

यही फागुन ३ देखि ५ गतेसम्म सञ्चालित शिविरमा सात सय नौजना महिला र तीन सय १९ जना पुरुषले सेवा लिएको हिमा गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द भण्डारीले बताए ।

स्त्री तथा प्रसूति, हाडजोर्नी, नाक कान घाँटी, रेडियोलोजी, मानसिक, छाला र बाल रोगलगायत अन्य सेवाका २१ जना विशेषज्ञ चिकित्सकले शिविरमा सेवा दिएका थिए ।

१० जनालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रेफर गरिएको छ । तीन दिने शिविर सम्पन्न पश्चात बाँकी औषधि तथा अन्य सामग्री प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको छ ।

‘पोस्ट ग्राजुएट’का लागि २६ सिट

यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगबाट चिकित्सा विज्ञान अध्ययनका लागि स्नातकोत्तर तहमा २६ सिट पढाउने अनुमति प्राप्त गरेको छ ।

जसमा एडल्ट हेल्थ नर्सिङ, चाइल्ड हेल्थ नर्सिङ र उमन हेल्थ नर्सिङमा दुई–दुई सिट, एनाटोमीमा एक सिट, फर्मनकोनोलोजीमा पाँच सिट, पब्लिक हेल्थमा पाँच सिट, बालरोगमा तीन सिट, शल्यचिकित्सा, एनेस्थेटिसियामा एक–एक सिट, हाडजोर्नी तथा ट्रमामा दुई सिट र सामान्य चिकित्सा अभ्यासमा दुई सिटको अनुमति दिइएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिए ।

चिकित्सकको अहेबले अभावमा अस्पताल चलाउनुपर्ने बाध्यता अब अन्त्य हुने प्रतिष्ठानका रेक्टर डा डबलबहादुर धामीको भनाइ छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ८ : २३ बजे

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ– यहाँका वारागुङ मुक्तिक्षेत्रऔ३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा

आजको कार्टुन – ओलीको नयाँ अवतार !

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनबाट अध्यक्ष पदमा केपी

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली– जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं– सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेन-जीद्वारा

एमालेका केन्द्रीय सदस्य अधिकारीले लिए सक्रिय राजनीतिबाट बिदा

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य कासीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा