ताइवान सीमा नजिक २४ सैन्य चिनियाँ लडाकु विमान « Khabarhub

ताइवान सीमा नजिक २४ सैन्य चिनियाँ लडाकु विमान


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताइपेइ – ताइवानले उसको टापु नजिकै २४ चिनियाँ सैन्य विमान पत्ता लगाएको जनाएको छ । ताइवानको रक्षा मन्त्रालयका अनुसार सीमा नजिक २४ चिनियाँ सैन्य लडाकु पत्ता लगाइएको हो ।
क्यानाडाको युद्धपोतसमेत रहेको संवेदनशील ताइवान स्ट्रेटको टापु नजिकैबाटै २४ चिनियाँ सैन्य विमान उडेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ।

ती चिनियाँ विमानहरूमा लडाकु जेट र ड्रोनहरू पनि समावेश रहेका छन । आइतबार ताइवान वरपर सैन्य जहाजहरूसँग संयुक्त युद्द अभ्यासको तयारी गस्ती गरिरहेको देखिएको मन्त्रालयको दाबी छ ।

‘चीनको सेनाले ताइवान स्ट्रेटबाट पारगमन गर्ने क्यानाडाली फ्रिगेटलाई रेडियो गरेको थियो र उसलाई मार्ग परिवर्तन गर्न चेतावनी दिएको थियो,’ ताइवान मिडियाले रिपोर्ट गरेका छन् ।ह्यालिफ्याक्स– क्लास फ्रिगेट ९एचएमसीएस० ओटावा यस वर्ष जलमार्ग ट्रान्जिट गर्ने पहिलो क्यानाडाली नौ सेनाको जहाज थियो ।

ताइवानको विदेश मन्त्रालयका अनुसार यसको ट्रान्जिटमा दुई अमेरिकाका जहाजहरू, एक नौ सेनाको विनाशक जहाज र अर्को एक सर्वेक्षण जहाजले पास गरे पछि चिनियाँ सैन्य विमान यस आसपास क्षेत्रमा आएका हुन् ।

अमेरिका र यसका सहयोगीहरूले नियमित रूपमा १८० किलोमिटर ताइवान स्ट्रेट पार गर्दै अन्तर्राष्ट्रिय जलमार्गको रूपमा आफ्नो स्थितिलाई सुदृढ पार्न खोजेपछि चीन रिसाएको छ ।अमेरिकी विनाशक र महासागर सर्वेक्षण जहाज सोमबारदेखि सुरु भएको जल क्षेत्र पार गरेको जनाइएको छ ।

ताइवान रक्षा मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्क अनुसार बुधबार बिहान ६ बजेदेखि ४८ घण्टा भित्रमा ६२ चिनियाँ सैन्य विमान यस टापु नजिकै पत्ता लागेको देखाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री शिगेरु इसिबाले एकपक्षीय रूपमा ताइवान स्ट्रेटमो बल वा जबरजस्ती स्थितिलाई परिवर्तन गर्ने कुनै पनि प्रयासको विरोध गरेको बताएपछि यी विमान देखिएको जनाइएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ४ : ३२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५