वीरगञ्जका निजी अस्पतालमा मुख्यमन्त्रीको छड्के, इण्डो नेपाल हस्पिटल बन्द गर्न निर्देशन « Khabarhub

वीरगञ्जका निजी अस्पतालमा मुख्यमन्त्रीको छड्के, इण्डो नेपाल हस्पिटल बन्द गर्न निर्देशन


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले वीरगञ्जका निजी अस्पतालहरूको छड्के अनुगमन गरेका छन् । 

मुख्यमन्त्री सिंह नेतृत्वको टोली हिजो वीरगञ्ज  पुगेर नगरका विभिन्न ७ वटा निजी अस्पतालहरूको अनुगमन गरेको हो । अनुगमन गर्ने क्रममा वीरगञ्जस्थित नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टरलाई बन्द गर्न निर्देशन दिएका छन् । 

अस्पतालले अनुमति नलिई सञ्चालन गरेको पाइएकाले अस्पतालमा उपचार गराइरहेका बिरामीको अन्यत्र स्थानान्तरण गरी पूर्णरुपमा बन्द गर्न निर्देशन दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरले जनाएका छन् । 

मुख्यमन्त्री सिंहले अस्पतालमा अन्य नयाँ कुनै पनि बिरामी भर्ना नलिन र पूर्णरुपमा अस्पताल बन्द गर्न निर्देशन दिएको बताए ।

उनले अनुगमनको क्रममा अस्पतालहरूमा फोहोरको व्यवस्थापनमा लापरबाही गरेको भेटिएको बताउँदै संक्रामक रोगको जोखिम बढ्ने हुँदा अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन गर्न निर्देशन दिएका छन् । 

वीरगञ्जस्थित बसपार्क नजिक लिंक रोडमा रहेको भवानी हस्पिटल र बाइपासमा रहेको स्पर्श मल्टिस्पेशलिटी हस्पिटल प्रालिलाई नवीकरण नगरेको पाइएकोले नवीकरण गर्न निर्देशन दिइएको छ ।  

श्री भवानी हस्पिटल एण्ड रिर्सच सेन्टर, प्रभु हस्पिटल, नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर, सर्वोत्तम अस्पताल, आशाराम हस्पिटल, स्पर्श मल्टीस्पेस्यालिटी अस्पताल लगायत विभिन्न निजी अस्पतालहरूको अनुगमन गरिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  १ : १४ बजे

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान