कर्णालीमा ९५ प्रतिशत किशोरीमा एचपीभी खोप लगाइयो « Khabarhub

कर्णालीमा ९५ प्रतिशत किशोरीमा एचपीभी खोप लगाइयो


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशमा ९५ प्रतिशत किशोरीमा क्यान्सरविरुद्धको एचपीभी खोप लगाइएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीका १० जिल्लामध्ये आठ जिल्लामा किशोरीलाई क्यान्सर विरुद्धको एभपीभी खोप लगाइएको हो । 

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. रबिन खड्का अनुसार सबैभन्दा बढी जाजरकोटमा १०५ प्रतिशत, सुर्खेतमा १०३ प्रतिशत, रुकुमपश्चिममा ९७ प्रतिशत, दैलेखमा ९७ प्रतिशत, सल्यान ९४ प्रतिशत, मुगुमा ९४ प्रतिशत,  कालिकोटका ९२ प्रतिशत र जुम्ला जिल्लामा ९६ प्रतिशत किशोरीलाई क्यान्सर विरुद्धको एचपीभी खोप लगाइएको हो । 

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णाली प्रदेशका एक लाख २० हजार ५१० जना किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाइने योजना थियो । 

कर्णालीका १० दश जिल्लामध्ये जुम्लाका आठ हजार आठ सय २९ जना, मुगुका चार हजार ३७९ जना, डोल्पा दुई हजार ६४१ जना, हुम्लाका तीन हजार ७३६ जना, कालिकोट ११ हजार ९२३ जना, रुकुमपश्चिम १२ हजार १०६ जना, सल्यानमा १४ हजार ५१३ जना, सुर्खेत २८ हजार ३४० जना, जाजरकोट १५ हजार ९५२ जना र दैलेखमा १८ हजार ९१ जना किशोरीसहित कुल १ लाख २० हजार ५१० जना किशोरी खोप लगाउने योजना रहेको थियो ।
 
हुम्ला र डोल्पा जिल्लामा किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको खोप चैत्र र वैशाख महिनामा सञ्चालन हुने कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. खड्काले बताए । 

‘हिमाली जिल्लाका विद्यालयमा जाडो बिदा भएको कारणले चैत्र र वैशाख महिनामा खोप लगाउने योजना रहेको छ,’ उनले भने, ‘कर्णालीका अन्य आठ जिल्लाका किशोरीलाई एचपीभी खोप दिइएको हो ।’

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  १ : ३१ बजे

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान