लेबनानलाई हराउँदै फाइनलमा नेपाल, म्यान्मारसँग उपाधि भिडन्त | Khabarhub Khabarhub

 इन्टरनेशनल वुमेन्स च्याम्पियनसिप

लेबनानलाई हराउँदै फाइनलमा नेपाल, म्यान्मारसँग उपाधि भिडन्त


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत बिहीबार भएको खेलमा लेबनानविरुद्ध १-० को जित निकाल्दै नेपाल फाइनलमा पुगेको छ।

नेपालका लागि खेलको पहिलो हाफको ४१ औँ मिनेटमा कर्णर किकपछि रिबाउन्ड भएको बललाई सदुपयोग गर्दै चर्चित स्ट्राइकर सावित्रा भण्डारी साम्बाले गरेको प्रहारले जाली चुमेको थियो ।

खेलको ४१ औँ मिनेटमा साम्बाले डी बक्स बाहिरबाट प्रहार गरेको बल लेबनानी खेलाडीको खुट्टामा ठोक्किँदै डिफ्लेक्ट भएर जाली चुम्न पुगेको थियो। साम्बाले प्रहार गरेको यही गोल नै नेपाललाई फाइनलमा पुर्‍याउन पर्याप्त भयो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा नेपालले १-० को अग्रता बनाएको थियो । रश्मी तामाङलाई आराम दिएपछि प्रशिक्षकले साम्बालाई सुरुवातमै उतार्ने निर्णय सही सावित भएको छ।

नेपाली प्रशिक्षकले लेबनानविरुद्धको खेलमा निशा थोकर र रश्मीकुमारी घिसिङलाई विश्राम दिए। कीर्गितस्तानविरुद्धको खेलमा निशा घाइते भएकी थिइन्।

रश्मीलाई आराम दिएपछि चर्चित स्ट्राइकर सावित्रा भण्डारी सुरुवातमै आएर गोल पनि गरिन् । पहिलो खेलमा सावित्रा दोस्रो हाफमा मैदान छिरेकी थिइन् ।

बिहीबार म्यान्मारसँग फराकिलो हार भोगेको कीर्गिस्तानलाई नेपालले पहिलो खेलमा १–० को झिनो अन्तरले हराएको थियो ।

लिग चरणमा शीर्ष दुई स्थानका टोलीले फाइनल खेल्ने तालिका छ। त्यहीअनुसार नेपाल गोलअन्तरमा पछि परेर दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानमार बिहीबार भएको खेलमा कीर्गिस्तानलाई ५-० को फराकिलो अन्तरले हराउँदै फाइनलमा पुगिसकेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ७ : ५५ बजे

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा

भोजपुरको टक्सारमा लाखेजात्रा

भोजपुर – भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ ।

जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर

धनगढी – शनिबार राति भएको झडपपछि कैलाली कारागारको नेतृत्वमा परिवर्तन

एनपीएल अक्सन : पहिलो चरणमा २६ खेलाडी अनुबन्ध, काठमाडौंको मात्रै कोटा पूरा

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को मिनी अक्सनको

धारा सुकेपछि दमकलबाट पानी वितरण गर्दै चन्द्रपुर नगरपालिका

रौतहट – जिल्लाको चन्द्रपुर नगरपालिका–२ जुडिबेलामा असारको महिनामा पनि खानेपानीको