गोठमा बाँधेको भैंसी अपहरण गरी लाखौं फिरौती मागेपछि… « Khabarhub

गोठमा बाँधेको भैंसी अपहरण गरी लाखौं फिरौती मागेपछि…


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

समाजमा अनेक रोचक घटनाहरु सार्वजनिक भइरहेका हुन्छन् । यस्तै रोचक घटना हालै सार्वजनिक भएको छ । घटना भारतको हो । जहाँ अपहरणकारीले भैंसी अपहरण गरी फिरौती मागेका छन् ।

मानिसको अपहरण भएको वा कुनै बस, जहाज तथा सवारी साधनको समेत अपहरण गरिएको सुनेका छौ । तर, भैसी नै अपहरण गरिएका घटना विरलै होलान् । सुन्दा अचम्म लाग्न सक्छ । लाखौं रकम फिरौती माग्न अपहरणकारीले गोठमा बाँधेको भैंसी नै अपहरण गरेको घटना सार्वजनिक भएको हो ।

भारतको उज्जैनकी अंगूरबाला हान्डा नामक महिलाको गोठबाट मध्य रातमा भैंसी अपहरण गरी लाखौं रकम फिरौती माग गरीयो । हान्डा डेरी फर्मकी मालिक अंगुरवालाको गोठमा रहेको मुर्राह जातको भैसीलाई दोश्रो पटक अपहरण भएको हो ।

त्यसो त मुर्राह जातको भैंसीको मुल्य दुई लाख चालिस हजार देखि ८ लाखसम्म पर्ने गरेको छ । अंगूरबालाको गोठबाट यसअघि पनि भैंसीको अपहरण भएको थियो । उनले २ लाखमा सो भैसीलाई फिरौती दिएर छुटाएकी थिइन् ।

तर उक्त घटनाको एक वर्ष नबित्दै फेरी अर्काे भैसी अपहरणमा परेको थियो । भारत प्रहरीले भैसि अपहरणको घटनामा दोषि पहिचान गर्न अनुसन्धान गरीरहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ६ : १६ बजे

पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार प्रहरीको गाडीलाई लक्षित

इरानले सैन्य उद्देश्यका लागि पाकिस्तानी भूमिमा विमान राखेको छैन : पाकिस्तान

एजेन्सी– पाकिस्तानी नूर खान एयरबेसमा सैन्य उद्देश्यका लागि इरानी विमान

पाकिस्तानमा तीन महिनामा ३७० जना भन्दा बढी अफगान नागरिक मारिए : राष्ट्रसङ्घ

इस्लामावाद- चालु वर्षको पहिलो तीन महिनामा सरकारी सेना र पाकिस्तानबीचको

नीति तथा कार्यक्रममाथि छलफल चल्दा पूरा बैठकमा बसे अर्थमन्त्री वाग्ले

काठमाडौं- सरकारले ल्याएको नीति तथा कार्यक्रम माथि छलफल चलिरहँदा अर्थमन्त्री

भारतीय राजदूत र मन्त्री मेहताबीच छलफल, स्वास्थ्य क्षेत्रमा सहकार्यबारे कुराकानी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता र नेपालका लागि भारतका