वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी | Khabarhub Khabarhub

वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा सहभागीका लागि लक्षित गरेर वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी गरेको छ । 

बोर्डले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली, २०८१ को नियम ६९ को उपनियम (३) बमोजिम धितोपत्र बजार सहभागीका लागि लक्षित वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी गरिएको जनाएको छ ।

उक्त मार्गदर्शनमा नेपाल सरकार, गृह मन्त्रालयको वेबसाइटमा सार्वजनिक भएको संयुक्त राष्ट्रसङ्घले प्रतिबन्ध लगाएको सूचीकृत व्यक्ति, समूह वा सङ्गठन कारोबारमा भए-नभएको यकिन गर्नुपर्नेछ । यस्तै, सोसँग सम्बद्ध व्यक्ति, समूह वा संगठन धितोपत्र बजार सहभागीले कारोबारको तथ्यांकमा भए वा नभएको नियमित रूपमा यकिन हुने अद्यावधिक प्रणाली स्थापना गर्नुपर्नेछ ।

सो तथ्याङकका आधारमा कुनै सूचीकृत व्यक्ति, समूह वा संगठन वा सोसँग सम्बद्ध अन्य कुनै व्यक्ति, समूह वा संगठनको कुनै सम्पत्ति वा कोष आफूसँग रहेको भएमा तत्काल उक्त सम्पत्ति वा कोष रोक्का राख्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

धितोपत्र बजार सहभागीले आफ्नो कार्य सञ्चालन गर्दा आतंककारी कार्य वा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित व्यवस्थाहरू पालना गर्नुपर्नेछ ।

आतंककारी कार्य वा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित शङ्कास्पद व्यक्ति का सम्बन्धमा वित्तीय जानकारी इकाईमा रिपोर्टिङ गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ८ : ३२ बजे

संसद् भवन छिर्न यसरी पर्खाल छेडे युवाहरूले (भिडियो)

काठमाडौँ- राजावादीहरूले २०८१ चैत १५ गते गरेको प्रदर्शनमा जस्तै जेन-जीहरूले

राज्य व्यवस्था समितिको बैठक बीचैमा स्थगित

काठमाडौं– प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक ‘जेनजी’

जेन जीको प्रदर्शन विराटनगरमा पनि

विराटनगर– जेन जी पुस्ताले मोरङको विराटनगर महानगरपालिका पनि सरकार विरुद्ध

जेन-जीको प्रदर्शनका कारण राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं– सोमबार सबा १ बजे बस्ने भनिएको राष्ट्रिय सभाको बैठक

जेन-जी नेतृत्वले भन्यो- आन्दोलनमा घुसपैठ भयो,सुरक्षित रुपमा घर फर्कनुस्

काठमाडौँ– संघीय राजधानी काठमाडौँमा आइतबार भएको प्रदर्शनमा घुसपैठ भएको भन्दै