दिल्लीबासीले अब १६ लाखसम्मको निःशुल्क उपचारको सुविधा पाउने « Khabarhub

दिल्लीबासीले अब १६ लाखसम्मको निःशुल्क उपचारको सुविधा पाउने


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– दिल्लीका नयाँ मुख्यमन्त्री रेखा गुप्ताको मन्त्रिपरिषद्को पहिलो बैठकले १० लाख भारतीय रुपैयाँ (नेपाली १६ लाख) सम्म निःशुल्क स्वास्थ्य सेवा दिने निर्णय गरेको छ ।

दिल्लीको नयाँ मुख्यमन्त्री रेखा गुप्ताको अध्यक्षतामा बसेको क्याबिनेट बैठकमा ‘आयुष्मान् भारत योजना’ लागू गर्ने निर्णय गरेसँगै अब दिल्लीबासीले १६ लाख रूपैयाँसम्मको निःशुल्क स्वास्थ्य सेवा दिने भएको हो।

समाचार अनुसार यस योजना अन्तर्गत दिल्ली सरकारले ५ लाख रुपैयाँ र केन्द्र सरकारले ५ लाख रुपैयाँ दिने छ। बैठकपछि उनले दिल्लीलाई विकसित सहर बनाउन निरन्तर काम गर्ने र यस अभियानमा एक दिन पनि खेर नफालिने बताएकी छिन् ।

उनले निर्वाचन अघि गरेका वाचा पूरा गर्ने आश्वासन दिएकी छिन । साथै, पहिलो मन्त्रिपरिषद् बैठकमा महिला सशक्तीकरण योजनाबारे पनि छलफल भएको थियो । सरकारले यस योजनाका लाभार्थीहरूको वर्गीकरण र यसको कार्यान्वयनलाई विचार गरिरहेको जनाइएको छ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ९ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै