दिल्लीबासीले अब १६ लाखसम्मको निःशुल्क उपचारको सुविधा पाउने « Khabarhub

दिल्लीबासीले अब १६ लाखसम्मको निःशुल्क उपचारको सुविधा पाउने


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– दिल्लीका नयाँ मुख्यमन्त्री रेखा गुप्ताको मन्त्रिपरिषद्को पहिलो बैठकले १० लाख भारतीय रुपैयाँ (नेपाली १६ लाख) सम्म निःशुल्क स्वास्थ्य सेवा दिने निर्णय गरेको छ ।

दिल्लीको नयाँ मुख्यमन्त्री रेखा गुप्ताको अध्यक्षतामा बसेको क्याबिनेट बैठकमा ‘आयुष्मान् भारत योजना’ लागू गर्ने निर्णय गरेसँगै अब दिल्लीबासीले १६ लाख रूपैयाँसम्मको निःशुल्क स्वास्थ्य सेवा दिने भएको हो।

समाचार अनुसार यस योजना अन्तर्गत दिल्ली सरकारले ५ लाख रुपैयाँ र केन्द्र सरकारले ५ लाख रुपैयाँ दिने छ। बैठकपछि उनले दिल्लीलाई विकसित सहर बनाउन निरन्तर काम गर्ने र यस अभियानमा एक दिन पनि खेर नफालिने बताएकी छिन् ।

उनले निर्वाचन अघि गरेका वाचा पूरा गर्ने आश्वासन दिएकी छिन । साथै, पहिलो मन्त्रिपरिषद् बैठकमा महिला सशक्तीकरण योजनाबारे पनि छलफल भएको थियो । सरकारले यस योजनाका लाभार्थीहरूको वर्गीकरण र यसको कार्यान्वयनलाई विचार गरिरहेको जनाइएको छ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ९ : ०१ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट