सशस्त्रका तीन जना एसएसपी डीआईजीमा बढुवा | Khabarhub Khabarhub

सशस्त्रका तीन जना एसएसपी डीआईजीमा बढुवा


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बलका तीन जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस भएका छन्।

बिहीबार गृह मन्त्रालय बढुवा सिफारिस समितिले तीन जनालाई बढुवा सिफारिस गरेको हो।

बढुवा सिफारिसमा पर्नेहरूमा कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट रहेका छन्। यो बढुवा सिफारिसमा चित्त नबुझे अन्य उम्मेदवारले सात दिनभित्र उजुरी दिन सक्छन्। तर, फौजी संगठनमा बढुवा-सरुवामा चित्त दुखाएर उजुरी गर्नेहरू प्रायस छैनन्।

यो बढुवा सिफारिसमा नअटाएका कृष्णराज पाठक हुन्। उनी सबैभन्दा वरिष्ठ एसएसपी थिए। अघिल्लो पटकको बढुवामा समेत उनी छुटेका थिए।

पाठकका ब्याचमेट सुरेश श्रेष्ठ, अन्जनीकुमार पोखरेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा र दीपक अधिकारी यसअघि नै बढुवा भइसकेका थिए।

बढुवामा परेकामध्ये कुँवर कांग्रेस सभापति शेरबहादुर देउवाका ज्वाइँ नातामा पर्छन्। कुँवर देउवाका स्वकीय सचिव भानुका बहिनी-ज्वाइँ हुन्। बढुवामा सिफारिस भएका ढकाल पहिलो ब्याचका हुन् भने कुँवर र भट्ट दोस्रो ब्याचका हुन्।

कुँवर यसअघि एसएसपी बढुवा हुँदासमेत पहिलो नम्बरमा परेका थिए। उनले बढुवामा अस्वाभाविक छलाङ मारेको आरोप लाग्ने गरेको छ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  १० : ५२ बजे

राजेन्द्र लिङ्देन भन्छन्ः राप्रपाको नेतृत्वमा मात्र विकास सम्भव छ

मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक

उज्बेकिस्तानसँग खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’

तनहुँ – पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको खैरेनीटारबाट करिब सात किलोमिटर दूरीमा

रुम्टाखोलामा पक्की पुल, बर्खामा सवारिसाधन ठप्प हुने समस्याको अन्त्य

गलकोट– आगामी वैशाखमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको निर्माण व्यवसायीले