विभिन्न आगालागिका घटनामा २२ जनाको मृत्यु, ८७ घाइते « Khabarhub

विभिन्न आगालागिका घटनामा २२ जनाको मृत्यु, ८७ घाइते


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माघमा मात्रै मुलुकभर चार सय ७८ वटा आगलागीका घटना भएका छन् । ती आगलागीका घटनाबाट २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए। 

उनका अनुसार मृत्यु हुनेमा ११ पुरुष, १० महिला र एक बालक छन् । घटनामा २६ पुरुष, ५४ महिला, चार बालक र तीन बालिका गरी ८७ जना घाइते भएका छन् । 

आगलागीका घटनाबाट १७ परिवार विस्थापित भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । आगलागी नियन्त्रणमा तीन हजार ५०३ जना प्रहरी परिचालन भएको पनि आचार्यले बताए। 

सबैभन्दा बढी कोशी प्रदेशमा आगलागी एक सय २९ वटा आगलागीका घटना भएको छ । त्यसपछि मधेश प्रदेशमा ८९, बागमती प्रदेशमा ४२, काठमाडौँ उपत्यकामा ३७, गण्डकी प्रदेशमा ३९, लुम्बिनी प्रदेशमा ६३, कर्णाली प्रदेशमा ३२ र सुदूरपश्चिम प्रदेशमा ४७ आगलागीका घटना भएको प्रहरीले जानकारी दिएको छ ।प्रहरी प्रवक्ता आचार्यले ती आगलागीबाट ६८ वटा घर, ६६ वटा गोठमा क्षति भएको छ । 

कूल दुई सय ४७ वटा पशुचौपाय क्षति भएको छ । ती आगलागीबाट रु १८ करोड ४८ लाख भन्दा बढीको आर्थिक क्षति भएको प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  १२ : ५८ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका