‘कल्ली’को छायाङ्कनका लागि नेपाल आइपुगे नायक उत्तम « Khabarhub

‘कल्ली’को छायाङ्कनका लागि नेपाल आइपुगे नायक उत्तम


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘कल्ली’को छायाङ्कनमा लागि नायक उत्तम प्रधान काठमाडौं आइपुगेका छन् । भारतबाट आएका उनलाई फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।

नेपालीका अनुसार फिल्मको छायाङ्कन शनिबार काठमाडौंबाट सुरु हुनेछ । उत्तम फिल्मको मुख्य भूमिकामा छन् । उनी छायाङ्कनको काम पूरा नहुने बेलासम्म नेपालमै रहने नेपालीले बताए ।

यो फिल्मको छायाङ्कन तालिका ३५ दिनको रहेको छ । फिल्ममा उत्तमसहित सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, रेयर राई, प्रियना आचार्य लगायतको अभिनय रहने बताइएको छ ।

लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको ब्यानरमा बन्न लागेको यस फिल्मको निर्देशन र कथा लक्ष्मण सुनारको रहनेछ । पटकथा भने मेहश दवाडीको रहेको छ ।

फिल्मका निर्माताहरु हिमाल कडरीया र अमला देबी राई हुन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ३ : २६ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।