‘कल्ली’को छायाङ्कनका लागि नेपाल आइपुगे नायक उत्तम « Khabarhub

‘कल्ली’को छायाङ्कनका लागि नेपाल आइपुगे नायक उत्तम


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘कल्ली’को छायाङ्कनमा लागि नायक उत्तम प्रधान काठमाडौं आइपुगेका छन् । भारतबाट आएका उनलाई फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।

नेपालीका अनुसार फिल्मको छायाङ्कन शनिबार काठमाडौंबाट सुरु हुनेछ । उत्तम फिल्मको मुख्य भूमिकामा छन् । उनी छायाङ्कनको काम पूरा नहुने बेलासम्म नेपालमै रहने नेपालीले बताए ।

यो फिल्मको छायाङ्कन तालिका ३५ दिनको रहेको छ । फिल्ममा उत्तमसहित सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, रेयर राई, प्रियना आचार्य लगायतको अभिनय रहने बताइएको छ ।

लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको ब्यानरमा बन्न लागेको यस फिल्मको निर्देशन र कथा लक्ष्मण सुनारको रहनेछ । पटकथा भने मेहश दवाडीको रहेको छ ।

फिल्मका निर्माताहरु हिमाल कडरीया र अमला देबी राई हुन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ३ : २६ बजे

नामिबियाविरुद्ध नेपालको फितलो प्रदर्शन

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा