थाहा पाउनुहोस् स्वास्थ्यका लागि उपयोगी हर्रो र बर्रोका गुण | Khabarhub Khabarhub

थाहा पाउनुहोस् स्वास्थ्यका लागि उपयोगी हर्रो र बर्रोका गुण


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हर्रो र बर्रो आयुर्वेदिक औषधिका लागि प्रयोग हुने फल हुन् । यी दुई फरक वनस्पति हुन् ।

हर्रो नेपालको मध्य तथा पश्चिमी क्षेत्रमा करिब एक सय ५० देखि ११ सय मिटरको उचाइमा पाइन्छ । त्यस्तै, बर्रो ११ सय मिटर उचाइमा रहेको तराई तथा भित्री मधेसका जंगलमा पाइने गर्छ । वैशाख–जेठमा फुल्ने हर्रो–बर्रो पतझर बिरुवामध्येमा पर्छन् ।

हर्रो

  • हर्रो कमलपित्तका रोगीका लागि फाइदाजनक मानिन्छ । करेलाको रसमा हर्रोको धुलो हालेर नियमित खाँदा जन्डिस निको हुन्छ ।
  • कागतीको रसमा हर्रो मिसाएर छालामा लगाउँदा दाद निको हुन्छ ।
  • हर्रोको सानो टुक्रा मुखमा चपाएर राख्दा त्यहाँभित्र आउने घाउ, खटिरा आदि निको हुन्छ । यो खाएमा भोक नलाग्ने समस्याबाट समेत राहत मिल्छ ।
  • नियमित हर्रो खाएमा पेट सफा हुने, एसिडिटी बढ्ने, पेटमा ग्यास भरिने र कब्जियत हुने समस्याबाट बचाउँछ ।
  • हर्रोको चूर्ण कालो नुनसँग मिलाएर खाँदा कफ निको हुन्छ । त्यस्तै, हर्रोले अनावश्यक बान्ता आउनबाट पनि रोक्छ ।

बर्रो

  • बर्रो कब्जियतका लागि एकदमै उपयोगी हुन्छ ।
  • दाँत वा गिजासम्बन्धी रोगको औषधि बर्रोको फलबाट बनाइन्छ ।
  • बर्रोको बियाँबाट निकालिएको तेल छालाको रोगका लागि उपयोगी हुन्छ ।
  • बर्रोको फल दम र खोकीका बिरामीका लागि लाभदायी हुन्छ ।
  • बर्रोले मूत्रजलनलगायत मूत्रसम्बन्धी विकार हटाउन मद्दत गर्छ ।
  • चिसो पानीमा बर्रोको चूर्ण भिजाइएको पानीले बिहान उठेर आँखा धोएमा आँखाको ज्योति बढ्छ । त्यस्तै, आँखाको रातोपन, आँखा सुन्निएको र आँखा पोल्ने समस्या पनि ठीक हुन्छ ।
  • बर्रोको तेलले कपाललाई फाइदा पुर्‍याउँछ । त्यसैगरी, कानसम्बन्धी समस्याका लागि पनि यो उपयोगी छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ७ : ३१ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा