सामाजिक सञ्जाल विधेयकबारे प्रधानमन्त्री- हिजो टिकटक प्रतिबन्ध गर्नेले आज चर्का कुरा गर्दैछन् « Khabarhub

सामाजिक सञ्जाल विधेयकबारे प्रधानमन्त्री- हिजो टिकटक प्रतिबन्ध गर्नेले आज चर्का कुरा गर्दैछन्


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रता मिच्ने काम सरकारबाट नहुने बताएका छन् ।

ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले यसो भनेका हुन् ।

हिजो सँगै रहेर मस्यौदा गरेका केही मान्छेले अहिले अभिव्यक्ति स्वतन्त्रता हनन् हुन लाग्यो भनेर सामाजिक सञ्जाल विधेयकविरुद्ध हल्ला गरेको टिप्पणी उनले गरे ।

‘हिजो टिकटकमा प्रतिबन्धै लगाएका हुन् । हामीले खोलायौँ । अहिले तिनैले जे पनि बोल्न पाउनुपर्छ भनेर अभिव्यक्ति स्वतन्त्रताको हिमायती बनेका छन्’, उनले भने, ‘स्वतन्त्रताका नाममा देशविरुद्ध, शान्ति सुरक्षा खल्बल्याउने र सामाजिक सद्भाव भड्काउने काम स्वीकार्य हुन सक्दैन । चिन्दै नचिनेको ठाउँमा गएर शान्ति भड्काउने र जभाभावी बोल्नु हुँदैन । आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार प्रयोगमा असर पार्नु हुँदैन ।’

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ४ : ५७ बजे

वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सक्रिय रूपमा

भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भ्रामक सूचना सम्प्रेषण नगर्न

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाह

राष्ट्रपतिद्वारा संघीय संसद् अधिवेशन आह्वान

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन