महाधिवेशनका लागि पदाधिकारी गतिशील हुन आवश्यक छ : नैनसिंह महर « Khabarhub

महाधिवेशनका लागि पदाधिकारी गतिशील हुन आवश्यक छ : नैनसिंह महर


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रजातन्त्रको उच्चतम विशेषता आवधिक निर्वाचन भएकाले पार्टीले निर्धारित समयमै १५औँ महाधिवेशन गर्नुपर्ने बताएका छन् । 

कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले शुक्रबार विराटनगरमा आयोजना गरेको कोशी प्रदेशस्तरीय कार्यक्रम सम्बोधन गर्दै नेता महरले १५औँ महाधिवेशन विधानअनुसार तोकिएकै समयमा सम्पन्न गर्ने नैतिक दायित्व पार्टीसामु रहेको बताए । 

समयमै महाधिवेशन सम्पन्न गर्न पार्टीका जिम्मेवार पदाधिकारीहरूले आ–आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नुपर्नेमा उनको जोड थियो । ‘अब महाधिवेशनको १० महिना मात्र बाँकी छ । तर, जिम्मेवारपूर्ण भूमिकामा बसेका पदाधिकारीको क्रियाकलाप र काम–कारबाही गम्भीर नदेखिएको आमनेता–कार्यकर्ताको बुझाई छ,’ महरले भने । 

कांग्रेसको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा देखाउने चरित्र भनेकै प्रजातान्त्रिक व्यवहार र आवधीक निर्वाचन भएकाले त्यसलाई पार्टीले जीवन्त तुल्याउनुपर्ने उनको भनाइ थियो । नेता महरले लोकतान्त्रिक पार्टीले आफ्नो महाधिवेशन समयमै गर्न नसक्दा त्यसको असर जनतामा राम्रो नपर्ने जिकिर गरे । 

नेता महरले सञ्चार र प्रविधिमा युवाको उपस्थिति देखाउन तथा ‘मिस इन्फरमेसन’ र ‘डिस इन्फरमेसन’बाट जनतालाई सजग गराउन प्रविधिको विकाससँगै पहुँच र सिकाइ बलियो हुनुपर्ने बताए । ‘आर्टिफिसियल इन्टेलिजेन्स’को समयमा कुनै पनि राजनीतिक दलले गर्ने प्रचार सामग्री तथ्य र सत्यमा आधारित हुनुपर्ने महरको भनाइ थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ५ : १० बजे

कुलमानले भने- ‘समानुपातिक सूचीमा मेरो भान्जा र ससुराको नाम छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा मन्त्री कुलमान घिसिङले

भाषण र झारा टार्ने शैली चल्दैन, काम देखिनुपर्छ : मधेशका कृषिमन्त्री पटेल

जनकपुर– मधेश प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री

ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता पानी पाइपलाइन र

प्रतिनिधिसभा निर्वाचन : कालीकोटमा तयारी तीव्र

मान्म– कालीकोटमा एक हजार ७७२ नयाँ मतदाता थप भएका छन्

राप्रपा र राप्रपा नेपालबीच एकता घोषणासभा (तस्बिरहरू)

काठमाडौं– राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा