नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तु बन्यो सोयाबिन तेल | Khabarhub Khabarhub

नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तु बन्यो सोयाबिन तेल

यी हुन् पाँच वर्षयता धेरै निर्यात भएका १० वस्तु


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को ७ महिनामा नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा कच्चा पदार्थसहितको सोयाबिन तेल भएको छ । भन्सार विभागकानुसार चालु आवको ७ महिनामा नेपालबाट १ खर्ब २७ अर्ब २० करोड २९ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

जसमा ३२ अर्ब ४१ करोड ६१ लाख ४१ हजार रुपैयाँ बराबरको कच्चा पदार्थसहितको सोयाबिन तेल मात्रै निर्यात भएको हो । जुन परिमाण अघिल्ला आर्थिक वर्षहरूको तुलनामा झण्डै तेब्बरले बढी हो ।

विभागका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा नेपालमा ३८ अर्ब २९ करोड ७३ लाख ९२ हजार रुपैयाँ बराबरको सोयाबिन तेलको कच्चा पदार्थ आयात भएको थियो । सोयाबिन तेलको कच्चापदार्थ आयातको तुलनामा निर्यात भने कम भएको विभागको तथ्यांकले देखाएको छ ।

पाँच वर्षयता धेरै निर्यात भएका वस्तु

नेपालको निर्यात तथ्यांकलाई हेर्दा उच्चपरिमाण तथा मूल्यमा हुने निर्यातको अवस्था वर्षेनि चलायमान हुने देखिएको छ । कुनै एक वर्षमा नेपालबाट सबैभन्दा धेरै निर्यात भएका वस्तुहरू अर्को आर्थिक वर्षमा पछाडि पर्ने गरेका छन् ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेपालबाट सबैभन्दा धेरै क्रमशः कच्चा पदार्थसहितको सोयाबिन तेल, कच्चा पदार्थसहितको सूर्यमुखी तेल, कार्पेट तथा टेक्सटायल, अलैँची, कालो चिया, ८५ प्रतिशत पोलिस्टर एकल धागो, आल्मुनियम कोटेड जस्ता रोल, जुट तथा अन्य टेक्सटायल, लेमिनेटेड टेक्सटायल र ८५ प्रतिशत पोलिस्टर अन्य धागो निर्यात भएको छ ।

चालु आवको ७ महिनामा नेपालमा सबैभन्दा धेरै निर्यात हुने वस्तुमध्येमा सोयाबिन भएकोमा अघिल्लो आव भने यस्तो निर्यात कार्पेट तथा टेक्सटायल भएको थियो । गत आव ०८०/८१ मा नेपालबाट १० अर्ब ५७ करोड २४ लाख ९९ हजार रुपैयाँ बराबरको कार्पेट तथा टेक्सटायल निर्यात भएको थियो ।

त्यस्तै, आव ०७९/८० मा नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा आंशिक प्रशोधन गरिएको पाम तेल थियो । आंशिक प्रशोधित पाम तेल उक्त आवमा नेपालबाट १७ अर्ब २८ करोड ८७ लाख ४६ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।

तर, आव ०७८/७९ मा भने नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा कच्चा पदार्थ सहितको सोयाविन तेल थियो । उक्त आवमा नेपालबाट ४८ अर्ब १२ करोड ४ लाख ३१ हजार रुपैयाँ बराबरको कच्चा पदार्थसहितको सोयाबिन तेल निर्यात भएको थियो ।

आव ०७७/७८ मा पनि नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा कच्चा पदार्थसहितको सोयाबिन तेल रहेको विभागको तथ्यांकले देखाएको छ । उक्त आवमा ५३ अर्ब ६५ करोड १५ लाख ९८ हजार रुपैयाँ बराबरको कच्चा पदार्थसहितको सोयाबिन तेल नेपालबाट निर्यात भएको थियो ।

तथ्यांक हेर्दा प्रमुख निर्यात हुने अधिकांश वस्तुहरू नेपालमा उत्पादन हुने भन्दा आयातमा आधारित छन् । सोयाबिन, सूर्यमुखी, पाम, जस्ता, लगायत वस्तुको कच्चापदार्थ आयात गरेर आंशिक वा पूरा प्रशोधनपछि निर्यात हुने गरेको देखिन्छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ६ : ५८ बजे

हारबाट जोगियो युनाइटेड

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेड र

एक वर्षमा ८६ पटक उडान अवरुद्ध

सङ्खुवासभा – तुम्लिङटार विमानस्थलमा भिजिविलिटी कमजोर हुँदा एक वर्षमा ८६

‘स्मार्ट भिलेज’ घलेगाउँमा सिनेमा संवाद

पोखरा – चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा पर्यटकीय घलेगाउँमा

कर्णालीमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापना सुरु

सुर्खेत – कर्णालीमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापना गर्न सुरु भएको

आजका समाचार : परराष्ट्रमन्त्री देउवा जेनेभातिर, पूर्वराजालक्षित प्रचण्डको टिप्पणी र ६ इजरायली बन्धक रिहा

परराष्ट्रमन्त्रीद्वारा केआइआइटी घटनाबारे उडिसा मुख्यमन्त्रीसँग टेलिफोन वार्तापरराष्ट्रमन्त्री डा. आरजु राणा