विद्यार्थीले विद्यालयको फोहर वर्गीकरण गरेर विक्री गर्न थाले | Khabarhub Khabarhub

वुक फ्री फ्राइडे नतिजामुखी बन्दै 

विद्यार्थीले विद्यालयको फोहर वर्गीकरण गरेर विक्री गर्न थाले

उपप्रमुख डंगोलबाट विद्यार्थीहरूलाई प्रोत्साहन 


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालयबाट उत्पादन भएको फोहर बेचेर आय आर्जन गर्न थालेका छन् । 

यो विद्यालय काठमाडौं महानगरपालिकाभित्रका वडा नं. २२ नयाँ सडकमा छ । सामुदायिक विद्यालयमा महानगरपालिकाले कार्यान्वयन गरेको बुक फ्री फ्राइडे कार्यक्रमअन्तर्गत गठन गरिएको वातावरण र बालबालिका (बाबा) उपसमूहका विद्यार्थीहरू विद्यालयको सरसफाइ गर्दा बटुलिएको फोहर वर्गीकरण गरेर विक्री गर्न थालेका हुन् । 

विद्यालयमा सफाइ गर्दा संकलन भएको कागज, कडा प्लास्टिक, रबर, खाना प्याकिङ गर्ने खोल सुख्खा सामानलाई छुट्टाछुट्टै ठाउँमा राख्छन् । सामान्यतया कुहिने र नकुहिने गरी फोहरलाई २ वटा बाल्टिनमा राख्ने गरिएको पाइन्छ । यस विद्यालयमा भित्ताभरिको सोकेस राखिएको छ । सोकेसको माथिल्लो भागमा ४ खण्ड छन् । बिचको भागमा सूचना र जानकारी दिने ठाउँ छ । तल्लो भागमा ८ कोठा छन् । यी हरेक कोठामा छुट्टाछुट्टै फोहर राखिन्छ । यो संरचना हेर्दा फोहरलाई संकलन गरेर व्यावसायिक रूपमा विक्री गर्ने व्यवसायको जस्तै देखिन्छ । 

शुक्रबार महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, विद्यार्थीहरूको फोहर विक्री गर्ने अभ्यास अवलोकन गरिन् । यस क्रममा उनले विद्यार्थीहरूलाई फोहर कहाँबाट प्राप्त गर्छन् ? प्राप्त भएको फोहर कसरी बर्गीकरण गर्छन् ? सरसफाइ र फोहर वर्गीकरण गर्दा व्यक्तिगत सुरक्षाका लागि के के गर्छन्? जस्ता प्रश्न सोधेर व्यवहारिक ज्ञानका बारेमा जानकारी लिएकी थिइन्  । उपप्रमुखले अबको योजना के छ? भनेर सोधेको प्रश्नमा विद्यार्थीहरूले, फोहर बेचेर प्राप्त भएको रकम विद्यालयको सरसफाइ र स्वच्छताका लागि प्रयोग गर्ने योजना सुनाए ।

उनीहरूले उपप्रमुखकै अगाडि धरमनाथ जैसवाललाई फोहर विक्री गरे । यसबाट प्राप्त भएको रकम ग्रहण गरे । 

उपलब्ध ठाउँमा विद्यार्थीहरूले गरेको यो प्रयासको प्रशंसा गर्दै उपप्रमुख डंगोलले, थालिएको कामलाई निरन्तर सञ्चालन गर्न प्रोत्साहन गरिन् । 

‘यो प्रयास सिकाइ योग्य छ ।’ उनले भनिन्, ‘विद्यालयमा सिकेको कुरा घरमा पनि प्रयोग गर्नु । यो सिकाइ आमाबाबालाई पनि सुनाउनु है ।’ बाल उमेरमा सिकेको ज्ञानले जीवनभर काम दिन्छ । यसकारण विद्यालय उमेरका बालबालिकालाई वातावरणीय सुधारका लागि व्यक्तिको दायित्व बोध गराउन बाबा कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै यसको दिगोपनाका लागि बुक फ्री फ्राइडेसँग जोडिएको बताइन् । 

कार्यक्रमका साझेदारका तर्फबाट एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशक नवीन विकास महर्जनले, फोहर व्यवस्थापन अभ्यास प्रयोगमा आउन थालेपछि आकाशे पानी पुनः भरणको कार्यक्रम कार्यान्वयन गरिने बताए । 
 

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ७ : ११ बजे

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

काठमाडौं – सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना

सभापति देउवाद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन

बैंककमा पनि मनाइयो २१२औँ भानु जयन्ती

काठमाडौं– २१२ औँ भानु जयन्तीको विशेष अवसर पारेर आज आइतबार

गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा

काठमाडौं– गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन