पाथीभरा केबलकार विवाद : आन्दोलित पक्षलाई सरकारले फेरि वार्तामा बोलायो « Khabarhub

पाथीभरा केबलकार विवाद : आन्दोलित पक्षलाई सरकारले फेरि वार्तामा बोलायो


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङ सदरमुकामस्थित पाथीभरा क्षेत्रमा निर्माणाधीन केबुलकारबारे सिर्जित विवाद समाधान गर्न सरकारले फेरि आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ ।

गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन भनेको हो । बिहीबार पाथीभरा केबलकारको बेस स्टेशन काफ्लेपाटीमा सुरक्षाकर्मी र आन्दोलितबीच हिंसात्मक झडप भएको थियो ।

यसअघि गत माघ २० गते गठित वार्ता टोलीका संयोजक एवम् गृह मन्त्रालयका सह-सचिव प्रेमप्रसाद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलित पक्षलाई वार्तामा आउन अपील गरिएको हो ।

पाथीभरा क्षेत्रमा केबुलकार निर्माणका क्रममा आन्दोलित पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको स्थानीय समस्याको समाधानका लागि गम्भीर भएर संवादमा आउन भट्टराईले भनेका छन् ।

यसअघि गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत वार्ता सहजीकरण समितिबीच माघ २२ गते देखिनिरन्तर संवाद भएको थियो । तर माघ २७ गतेको वार्तामा कुरा नमिलेपछि आन्दोलित पक्षले अर्को चरणको विरोधका कार्यक्रम सार्वजनिक गरेका थिए ।

त्यही क्रममा बिहीबार आन्दोलित पक्ष र प्रहरीबीच झडप हुँदा १२ जना घाइते भएका थिए । आन्दोलित पक्षले काफ्लेपाटीको बेस स्टेशन घेरेर तोडफोड गर्न खोज्दा झडप र ढुंगामुढा भएको थियो ।

यसैबीच पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबुलकारको विषयलाई लिएर बिहीबार काफ्लेपाटीमा घाइते लिन गएको गाडी तोडफोड र चालकलाई कुटपिटपछि बन्द यातायात व्यावसायीले फिर्ता लिएका छन् ।

शुक्रबार यातायात व्यावसायी र आन्दोलनरत पक्षबीच छलफल भएपछि बन्द फिर्ता भएको हो । आन्दोलनरत पक्षले गाडीको मर्मत र घाइते चालकको उपचार गर्ने सहमतिसँगै यातायात बन्द फिर्ता भएको ताप्लेजुङ पाथीभरा यातायात प्रालिले जनाएको छ।

बिहीबार प्रहरी र आन्दोलित पक्षबीच झडप भई घाइतेक उद्धारका लागि पुगेका रेडक्रसकर्मी र मानव अधिकारकर्मी चढेको मे. १ ज. २५७९ को गाडी तोडफोड भएको थियो । त्यही क्रममा गाडीचालक राजकुमार पौडेललाई आन्दोलितले कुटपिट गरेका थिए ।

पौडेलको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा लगिएको छ । त्यही घटनालाई लिएर यातायात व्यवसायीले पूर्वाञ्चल यातायात बन्द गरेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ८ : १४ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

चिकित्सक संघको निर्वाचन सुरु, तीन प्यानलबीच कडा प्रतिस्पर्धा

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि आजदेखि

खण्डहर कारखाना ब्युँझाएर स्वाधीन अर्थतन्त्र थालौँ

कुनै समय थियो– जब काठमाडौँको बालाजु यन्त्रशालाले निर्माण गरेका जलविद्युत्

एउटै स्टारलाई दर्शकले कति हेर्लान् ?

काठमाडौं –  मुख्यतः नेपालमा तीन प्रकारका फिल्मले ओपनिङ राम्रो गरेको

सिरहामा सार्वजनिक सवारीसाधनमा सीसीटिभी अनिवार्य 

सिरहा– जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै