सात करोडको लगानीमा बनेको भवन प्रयोग विहीन « Khabarhub

सात करोडको लगानीमा बनेको भवन प्रयोग विहीन


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐२ स्थित सहरी विकास तथा भवन निर्माण विभाग चितवनले सात करोडमा निर्माण गरेको भवन प्रयोग विहीन भएको छ ।

रामग्राम नगरपालिका झरही खोला नजिकै रहेको हाटबजारमा निर्माण गरिएको भवनको माथिको सटर भाडाको लागि ८० हजार जम्मा गरेपनि रामग्राम नगरपालिकाले भाडामा नदिएको रामग्राम निवासी गिरजाशङ्कर रौनियारले बताए ।

चितवनबाट सञ्चालित निर्माण कम्पनीले हाटबजारको भवनको भौतिक पूर्वाधार निर्माण सम्पन्न गरेको चार वर्षभन्दा बढी भएको बताइएको छ ।

भाडामा नदिँदा निर्माणाधीन भवन प्रयोग विहीन भएको उनको भनाइ छ । वर्षातका समयमा हाटबजार लगाउन आउने व्यापारीलाई वर्षात र घामबाट सुरक्षित तथा बजार व्यवस्थितको सहरी विकास तथा भवन निर्माण विभाग चितवनले भवन निर्माण गरेको हो ।

विभागले सात करोड लागतमा एक सय बढी सटर निर्माण गरेको सव इन्जिनियर वीरेन्द्र मण्डलले बताए  । उनका अनुसार बलक, शौचालय, सेनेटरी र वाइरिङको काम गर्न बाँकी रहेकोले प्रयोग विहीनमा छ ।

विभागले निर्माण गरेको कोठा भाडामा दिनका लागि रामग्राम नगरपालिकाले चार पटक सूचना प्रकाश गरेपनि भाडामा लिने व्यक्ति अहिलेसम्म सम्पर्कमा नआएको नगर प्रमुख धनपति यादवले बताए । 

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ७ : ०८ बजे

बालेनसँगै चुनावी अभियानमा हिँडेका दिनेश सिटौला बेहोस, सेनाको हेलिकप्टर पठाइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ कर्मचारी भर्ना खुला

काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्ष पछि नयाँ भर्ना

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका