ट्रम्प प्रशासनका तीन अधिकारीविरुद्ध मुद्दा दायर « Khabarhub

ट्रम्प प्रशासनका तीन अधिकारीविरुद्ध मुद्दा दायर


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी एसोसिएटेड प्रेस (एपी) ले राष्ट्रपति ट्रम्प प्रशासनका तीन जना अधिकारीविरुद्ध शुक्रबार राष्ट्रपतिको कार्यक्रममा पहुँच नभएको भन्दै मुद्दा दायर गरेको छ । 

मुद्दाबारे ह्वाइट हाउसका प्रेस सेक्रेटरीले भने, ‘हामी यसलाई अदालतमा नै हेर्नेछौँ।’

ह्वाइट हाउसले समाचार एजेन्सीको पहुँचमा प्रतिबन्ध लगाउन थालेको १० दिनपछि शुक्रबार अपराह्न वासिङ्टन डिसीस्थित अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । ट्रम्पले मनोनीत गरेका अमेरिकी जिल्ला न्यायाधीश ट्रेभर म्याकफेडेनलाई यो मुद्दा हेर्ने जिम्मेवारी दिइएको छ । एपीले आफ्नो मुद्दा ह्वाइट हाउसले भाषण नियन्त्रण गर्न गरेको असंवैधानिक प्रयासको बारेमा रहेको बताएको छ । 

ह्वाइट हाउसका चिफ अफ स्टाफ सुसन विल्स, डेपुटी चिफ अफ स्टाफ टेलर बुडोविच र प्रेस सेक्रेटरी कारोलिन लेभिटविरुद्ध दायर गरिएको मुद्दामा एपीले भनेको छ, ‘प्रेस र संयुक्त राज्य अमेरिकाका सबै मानिसहरूलाई आफ्नै शब्द छनौट गर्ने अधिकार छ र सरकारद्वारा प्रतिशोध नलियोस् ।

गत महिना एपीले एक ‘स्टाइल नोट’मा ‘मेक्सिकोको खाडीले ४०० वर्षभन्दा बढी समयदेखि यो नाम बोकेको’ उल्लेख गरेको थियो । यसको प्रतिक्रियामा आएको राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशमा ‘संयुक्त राज्य अमेरिकाभित्र मात्र यो अधिकार बोकेको’ उल्लेख गरिएको थियो ।

एपीले भनेको छ, ‘एपीको सम्पादकीय स्वतन्त्रता र समाचार संकलन गर्ने र रिपोर्ट गर्ने क्षमतामाथि लक्षित आक्रमण पहिलो संशोधनको मूल मर्ममा प्रहार गरिएको छ।’

एपीले भनेको छ, ‘अदालतले तत्काल यसको उपचार गर्नुपर्छ। संविधानको पहिलो संशोधनले प्रेस, वाक र धार्मिक स्वतन्त्रताको प्रत्याभूति गरेको छ र सरकारलाई तीमध्ये कुनै पनि अवरोध गर्नबाट रोक्छ।’

ह्वाइट हाउसबाट कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फरेन्समा उपस्थित हुने क्रममा शुक्रबार आफूले मुद्दाबारे थाहा पाएको लिभिटले बताए।

उनले भने, ‘म ह्वाइट हाउसको सल्लाह लिन चाहन्थेँ र यो चरणमा पुग्नुअघि म के भन्न सक्छु र के भन्न सक्दिनँ भनेर हेर्न चाहन्थेँ तर हामीलाई लाग्छ कि हामी यो स्थितिमा सही छौं। हामी यो सुनिश्चित गर्न गइरहेका छौँ सत्य र सटीकता ह्वाइट हाउसमा हरेक दिन उपस्थित छ।’

यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एपीलाई ‘कट्टर वामपन्थी सङ्गठन’ को संज्ञा दिएका थिए । मेक्सिकोको खाडीका नामबाट विश्वमा परिचित जल क्षेत्रलाई पुनः नामकरण गर्न प्रयोग गरेको विषयलाई अमेरिकी सञ्चारमाध्यम एपीले राष्ट्रपति ट्रम्पले भनेजस्तो गरी उल्लेख नगरेपछि राष्ट्रपति ट्रम्पले एपीविरूद्ध उक्त आरोप लगाएका हुन् ।

ट्रम्पले आफ्नो कार्यकालको पहिलो महिनामा उक्त क्षेत्रलाई ‘गल्फ अफ अमेरिका’ को संज्ञा दिएका थिए तर एपीले उनको आदेश बमोजिम ‘गल्फ अफ अमेरिका’ नलेखेपछि कार्यकारी आदेश पालना नगरेसम्मका लागि भन्दै एपीका पत्रकारहरूलाई ह्वाइट हाउसमा प्रवेशमा प्रतिबन्ध लगाएका थिए । 

ह्वाइट हाउसले एपीका पत्रकारहरूलाई एयर फोर्स वान र ओभल अफिसमा प्रवेश रोकेको छ । 

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ४ : १० बजे

काठमाडौं–२ : नयाँ र पुराना अनुहार, ‘एजेन्डा’ समान

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर ८० लाख ठगेको अभियोगमा

बंगलादेशमा अवामी लिग प्रतिबन्धित हुँदा बीएनपी ठूलो जिततर्फ

काठमाडौं– बंगलादेशको राष्ट्रिय चुनाव २०२६ मा राष्ट्रियतावादी पार्टी (बीएनपी) ठूलो

बंगलादेशमा बीएनपी अध्यक्ष रहमान दुवै क्षेत्रबाट विजयी 

ढाका– बंगलादेशको १३औं राष्ट्रिय संसदीय निर्वाचनमा बीएनपीका अध्यक्ष तारिक रहमान

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक