‘अमेरिकाले एक सय अर्ब डलर दिएर पाँच अर्ब डलरको हल्ला चलायो’ « Khabarhub

‘अमेरिकाले एक सय अर्ब डलर दिएर पाँच अर्ब डलरको हल्ला चलायो’


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अमेरिकाले एक सय अर्ब डलर सहयोग गरेर पाँच सय अर्ब डलर दिएको भन्दै भ्रम फैलाएको गुनासो गरेका छन् ।

युक्रेनको राजधानी किभमा आयोजित पत्रकार सम्मेलनमा उनले रुससँगको युद्धमा भएको खर्च र बाहिरी सहयोगबारे विस्तृत जानकारी गराएका छन् ।

‘युक्रेनको युद्धकालीन सैन्य लागत ३२० अर्ब डलर पुगेको छ, जसमध्ये अमेरिका र ईयूले २०० अर्ब डलर रक्षा सहयोगमा प्रदान गरेका छन्,’ १९ फेब्रुअरीमा आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, ‘अमेरिकाले युक्रेनलाई ५०० अर्ब डलर होइन, १०० अर्ब डलर सहायता प्रदान गरेको हो । युक्रेनका जनताले १२० अर्ब डलर, अमेरिका र ईयूले २०० अर्ब डलर (कभर) गरेका छौँ । हामी हतियारबारे कुरा गरिरहेका छौं, यो ३२० अर्ब डलरको हतियार प्याकेज हो ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किभले वासिङ्गटनको समर्थनको बदलामा युक्रेनको प्राकृतिक स्रोतसाधनमा ५०० अर्ब डलरको सम्झौतामा सहमति जनाएको दाबी गरेपछि जेलेन्स्कीले यसबारे स्पष्ट पारेका हुन् ।

ट्रम्पले २०२२ देखि युक्रेनलाई अमेरिकाले प्रदान गरेको सहयोगको मूल्यबारे बारम्बार अप्रमाणित र विरोधाभासी दाबीहरू गरेको उनले बताएका छन् ।

‘कुल मिलाएर, अमेरिकाले हामीलाई छुट्टै ६७ अर्ब डलरका हतियार दियो । हामीले ३१.५ अर्ब डलर बजेट सहयोग प्राप्त गर्यौं,’ जेलेन्स्कीले भने,‘सहयोगका लागि युक्रेन आभारी छ। तर कसैले ५०० अर्ब डलरसम्म गणना गरेर भन्न सक्दैन, हामीलाई ५०० अर्ब डलर खनिज फिर्ता दिनुहोस्, त्यो गम्भीर छलफल होइन ।’

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १२ : ५३ बजे

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत