तीन ठूला दलबीच स्ववियु निर्वाचन एक्ला-एक्लै लड्ने सहमति | Khabarhub Khabarhub

तीन ठूला दलबीच स्ववियु निर्वाचन एक्ला-एक्लै लड्ने सहमति


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी चैतमा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि तीन विद्यार्थी संगठनका नेताहरूको बैठक बसेको छ ।

आइतबार बालुबाटारमा बसेको बैठकमा सबै विद्यार्थी संगठन गठबन्धन नगर्ने (एक्ला-एक्लै) भिड्ने सहमति भएको नेपाल विद्यार्थी संगठनका अध्यक्ष दुजाङ शेर्पाले बताएका छन् ।

आइतबार बालुवाटारमा बसेको बैठकमा नेविसंघका तर्फबाट शेर्पा, पार्टीका तर्फबाट कांग्रेस सह-महामन्त्री किशोरसिंह राठौर, अनेरास्ववियु अध्यक्ष समिक बडाल, नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकाल तथा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीबाट अध्यक्ष विजयप्रकाश सापकोटा र पार्टी उपमहासचिव शक्ति बस्नेत उपस्थित थिए ।

यस्तै विद्यार्थी संगठनका इन्चार्जहरू पनि बैठमा उपस्थित थिए । यो बैठकमा जसपा, जसपा नेपाल र एकीकृत समाजवादीको विद्यार्थी संगठनलाई उपस्थित गराइएको छैन ।

बैठकमा निर्वाचन एक्ला-एक्लै लड्ने सहमति भएकोछ । आगामी चैत ५ गतेभित्रै सबै क्यापसको निर्वाचन समयमै गर्न विद्यार्थी संगठन तयार रहेको जानकारी त्रिभुवन विश्वविद्यालयलाई गराउने सहमति भएको छ ।

यता त्रिभुवन विश्वविद्यालय प्रशासनले पनि आगामी चैत ५ गतेभित्र स्ववियु निर्वाचन गर्ने तयारीमा जुटेको छ । निर्वाचन कार्यक्रम तालिका यसअघि नै सार्वजनिक भइसकेको छ । यसअघि फागुनमा हुने भनिएको निर्वाचन एक महिना पर सारिएको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १ : १७ बजे

एसिया कपको फाइनलका कारण नेपाल र वेष्ट इन्डिज सिरिजको मिति परिवर्तन

काठमाडौं – एसिया कपको फाइनलका कारण नेपाल र वेष्ट इन्डिजबीचको

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार बस्दैछ । बैठक

शाहरुखको अधूरो प्रेमकथा, प्रियंकाले पूरा गरिन् ‘द साइक्ल अफ लभ’

काठमाडौं – बलिउडका सुपरस्टार शाहरुख खान र ग्लोबल आइकन प्रियंका

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय

संघीयताको आवधिक समीक्षा गर्ने बेला भयो : वर्षमान 

रोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले संघीयता