‘कल्ली’को छायांकन सुरू, १३ वर्षपछि फिल्ममा फर्किएका उत्तम भन्छन् – फरक भूमिकाको प्रस्ताव आयो « Khabarhub

‘कल्ली’को छायांकन सुरू, १३ वर्षपछि फिल्ममा फर्किएका उत्तम भन्छन् – फरक भूमिकाको प्रस्ताव आयो


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक उत्तम प्रधानको कमब्याक फिल्म ‘कल्ली’का छायाङ्कन सुरु भएको छ । बौद्धस्थित एक घरबाट आइतबारदेखि यस फिल्मको छायाङ्कन सुरु भएको हो ।

छायाङ्कनको पहिलो दिन उत्तमसहित नायक नाजिर हुुसेन र वर्षा राउतको अंशको दृश्य खिचिएको छ ।

१३ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्न लागेका उत्तम छायाङ्कनलाई लिएर उत्साहित छन् । आफूले विगतमा निर्वाह गरेकोभन्दा फरक भूमिकाका लागि प्रस्ताव आएकाले यस फिल्ममा जोडिएको खुलाए ।

उनले थपे, ‘मलाई यो बीचमा धेरै फिल्मबाट प्रस्ताव आएका थिएँ । आफ्नो भूमिका चित्त नबुझेका कारण गरिनँ । यो फिल्मको कथावस्तु मलाई निकै मनप¥यो । यसमा मैले पहिला गरेको भन्दा फरक भूमिका निर्वाह गर्दैछु ।’

छायाङ्कनस्थलमा भेटिएका नाजिर र वर्षाले आफूहरु श्रीमान्–श्रीमतिको भूमिकामा रहेको खुलाए ।

सुटिङ सेटमा भेटिएका नायक नाजिर हुसेन र नायिका वर्षा राउतले आफूहरू श्रीमान्–श्रीमतीको भूमिकामा देखिन लागेको बताए ।

निर्देशक लक्ष्मण सुनारका अनुसार यो फिल्मको छायाङ्कन तालिका ३५ दिनको छ । पहिलो चरणको छायाङ्कन काठमाडौं र दोस्रो चरणको छायाङ्कन जुम्लामा हुने बताइएको छ ।

फिल्ममा उत्तम, वर्षा, नाजिरसहित सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, रेयर राई, प्रियना आचार्य लगायतको अभिनय रहने बताइएको छ ।

फिल्मको लेखक महेश दवाडी हुन् । लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ । प्रस्तुतकर्ता किरण नेपाली हुन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ३ : ३३ बजे

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला