कर्णालीमा स्याउका विरुवा रोप्न पुगे महासचिव विप्लव | Khabarhub Khabarhub

कर्णालीमा स्याउका विरुवा रोप्न पुगे महासचिव विप्लव


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जुम्ला- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ले जुम्लामा स्याउ रोप्ने अभियान चलाइरहेका छन् । उनले आइतबार स्याउ रोप्ने कार्यक्रमको उद्घाटन गरे ।

नेकापाको केन्द्रीय कार्यलयको आयोजनामा आइतबार जुम्लाको हिमा गाउँपालिका-७ धौलापानीमा करिब १४ हजार वर्गमिटर जमिनमा स्याउ रोप्न थालिएको हो ।

महासचिव विप्लवले कार्यक्रमको उद्घाटन गर्दै राजनीतिक क्रान्तिसँगै आर्थिक क्रान्तिलाई नजोडेसम्म देशको स्वाधीनता र आत्मनिर्भर सम्भव नहुने निष्कर्ष आफूहरूले निकालेको बताएका छन ।

उनले पहिला नेता र कार्यकर्तालाई कृषि उत्पादनमा जोडेर सबै जनतालाई कृषि क्रन्तिमा लगाउँदै देशलाई आत्मनिर्भर बनाउने योजना रहेको सुनाए ।

उनले हावापानी र मौसमअनुसारको फलफुल बालीनाली उत्पादन गरिरहेको पनि बताए । ‘अहिले हाम्रा नेताकार्यकर्तालाई देशैभर खानका लागि कहीँकतै माग्नुपर्ने अवस्था छैन । देशैभर सबै नेता-कार्यकर्ता उत्पादनमा लागेका छौँ ।’

महासचिव विप्लवले जगा उपलब्ध गराउने हिमा गाउँपालिका-७ धाँचुगाउँकी कृष्ण कौडा शाहीलाई धन्यवाद दिए । ‘उहाँ शहीद परिवार पनि हुनुहुन्छ, उहाँले हामीलाई जग्गा उपलब्ध गराउनु भयो ।’

स्याउ रोप्ने अभियानमा महासचिव विप्लव सी, स्थायी कमिटी सदस्य विषम सी, भरत सी, सुशील सी, पोलिटब्युरो सदस्य असल सी, भेषराज सी लगायत केन्द्रीय सदस्य सहभागी थिए । त्यसैगरी केन्द्रीय प्रतिनिधि सदस्यहरू, युवा, विद्यार्थी, पत्रकार, नेता-कार्यकर्ता र स्थानीयबासी पनि सहभागी भए ।

स्याउ रोपन कार्यक्रम दिनभर चल्नेछ । साँझ समापन गर्ने कार्यक्रम रहेको नेकपाका केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज बिर्खबहादुर शाही ‘प्रभाजित सी’ले जानकारी दिए ।

आइतबार धौलापानीमा करिब १ हजार बढी बिरुवा रोपेर सोमबार बिहान बिहान कालीकोटको तिलागुफा नगरपालिकाको फोहिईमा स्याउ रोप्ने अर्को अभियान चलाइने नेकपाका केन्द्रीय सदस्य अडिक सीले बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ३ : ३० बजे

अझै बनेन धुलिखेल–खावा सडक

काठमाडौं– काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल–खावा सडक समयमै निर्माण नहुँदा यात्रुहरूले सास्ती

पालिकाको अनुदानमा किसानलाई यान्त्रिक हलो वितरण

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा ५३ वटा

भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई भूमि समस्या समाधान आयोगका पदाधिकारीले

तीनै तहका सरकारले अनावश्यक खर्च गर्नु हुँदैन : डा प्रकाशशरण महत

काठमाडौं– नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका नेपाली कांग्रेसका

प्रतिपक्षीले विरोध जनाए पनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुन्छ : सभामुख

काठमाडौं– भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले विरोध जनाए पनि प्रतिनिधिसभाको बैठक